
काठमाडौँ, ६ वैशाख । नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्को बैठक शीध्र आह्वान गर्न सरकारसित आग्रह गरेको छ ।
नयाँ संविधानअनुसार संसद्को नियमावली जारी गर्न पार्टीको तर्फबाट पूर्ण सहयोग हुने संसद्का प्रमुख प्रतिपक्षी दलसमेत रहेको नेकाले जनाएको छ ।
उपत्यकामा उपलब्ध नेकाँ केन्द्रीय सदस्य तथा संसदीय दलको संयुक्त रुपमा आज व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले संसद् बैठक आह्वानमा सरकार उदासीन देखिएको आरोपसमेत लगाएको छ ।
संविधान कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्ने आवश्यक ऐन तथा कानुन संसद्मा पेस गर्नुपर्ने र छलफल चलाउनुपर्नेमा सरकार उदासीन बनेको भन्दै सो बैठकले छिटो संसद् बैठक बोलाउन पहल गर्न सरकारसित माग गरेको नेकाँका प्रवक्ता दिलेन्द्र बडूले जानकारी दिनुभयो ।
नेकाँका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा पनि अत्यधिक मतले विजयी भएपछि सो बैठक पहिलो पटक बसेको थियो । सभापति देउवा आजै भारत भ्रमणमा प्रस्थान गर्नुहुने भएकाले दलको बैठक नेकाँका वरिष्ठ नेता रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको थियो ।
बैठकको सुरुमा वरिष्ठ नेता पौडेलले मुलुकको पछिल्लो समसामयिक राजनीतिक अवस्था र संविधान कार्यान्वयनमा दलले निर्वाह गरेको भूमिकाका बारेमा प्रकाश पार्नुभएको थियो ।
प्रवक्ता बडूले कालोबजारी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउँदै गणन्त्रवादी र राजतन्त्रवादी मिलेर बनेको सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउनुभयो ।
भूकम्पपीडितलाई आवास निर्माण गर्ने आश्वासनमात्र बाड्ने काम सरकार र भूकम्प पुनःनिर्माण प्राविधिकरणले गरिराखेको उहाँले आरोप लगाउनुभयो ।
यही वैशाख १० गते हुने आधिकारिक ट्रेड युनियनको निर्वाचनमा प्रजातन्त्रवादी समूहलाई विजय गराउन पहल गर्न बैठकमा छलफल भएको नेकाँका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँले निष्पक्ष निर्वाचन सम्पन्न गर्न सरकारसित आग्रहसमेत गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य रामकृष्ण यादवले आगामी वर्षको बजेट तथा योजना तर्जुमा सुरु भएकाले यसका बारेमा संसद्मा छलफल हुनुपर्छ भन्नुभयो ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा