नयाँ दिल्ली। अल इन्डिया रेडियो (एयर) ले नेपाली भाषासहित पाँच वटा भाषाको निःशुल्क एसएमएस समाचार सेवा शुरु गरेको छ । भारतीय सूचना तथा प्रशारण मन्त्री प्रकाश जाभदेकरले नेपालसहित हिन्दी, मराठी, दोग्री भाषाको नि:शुल्क एसएमएस समाचार सेवाको शुरुवात गरे । भारतमा ४१ लाख नेपाली भाषी रहेको अनुमान छ। भारतको सविधानको आठौ अनुसूचीमा नेपाली भाषा क्षेत्रीय भाषाको रुपमा उल्लेख छ ।
रेडियोले यसअघि अंग्रेजी भाषा मात्रै एसएमएम सेवा सञ्चालन गर्दथ्यो । जाभदेकरले आफूले चाहेको जस्तो भाषामा समाचार मोवाइल फोनमा प्राप्त गर्न सफल हुने विश्वास व्यक्त गरे । उनले अन्य क्षेत्रीय भाषामा समेत सेवा थप गर्दै लैजाने बताए । भारतीय सूचना तथा प्रशारण मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘डिजिटल इन्डिया’ अवधारणाको चर्चा गर्दै त्यसअन्तर्गत सञ्चालित ‘कम्युनिकेटिङ इन्डिया’ अभियानको महत्वपूर्ण अंगको रुपमा नि:शुल्क एसएमएस सेवा भएको जनाएको छ ।
एयरले गत वर्ष सेप्टेम्बर नौबाट अंग्रेजी भाषामा समाचारको एमएमएस तीस लाखले उपयोग गर्दै आएका छन् ।
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल