जर्मनीमा बसेका नेपाली नागरिक किरण खड्काले आफ्नो स्व छोरा जनक खड्काको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट सो छात्रवृत्ति प्रदान गरिएको हो ।
कार्यक्रममा अरनिको उमावि स्रोत केन्द्रअन्तर्गतका विभिन्न विद्यालयका १४ जनामध्ये कक्षा ५ सम्मका नौ जना छात्रछात्रालाई प्रतिव्यक्ति रु ७००, कक्षा ६ देखि ९ सम्मका ४ जनालाई प्रतिव्यक्ति रु एक हजार र कक्षा १० का एक जनालाई रु एक हजार ५०० का दरले छात्रवृृत्ति रकम एवम् स्टेसनरी सामग्री प्रदान गरिएको थियो ।
त्यस्तै कक्षा ६ देखि १२ सम्मका ४९ जनामध्ये कक्षा ६ र ७ का १४ जनालाई जनही रु एक हजार २००, कक्षा ८ देखि ९ सम्मका नौ जनालाई जनही रु एक हजार ५००, कक्षा १० का छ जनालाई जनही रु दुई हजार ५०० र कक्षा ११ र कक्षा १२ का २० जना छात्रछात्रालाई जनही रु चार हजार छात्रवृत्ति र स्टेसनरी सामग्री प्रदान गरिएको थियो । अक्षयकोषबाट यसवर्ष कूल रु एक लाख ३१ हजार १०० को छात्रवृत्ति रकम एवम् रु ३५ हजार बराबरको स्टेसनरी एवम् खेलकुद सामग्री प्रदान गर्नुभएको हो ।
कार्यक्रममा जनकका पिता किरण खड्काले धादिङ घरभई काठमाडौँका बस्दै आएका कक्षा ८ मा अध्ययनरत रोशन लामालाई वार्षिक रु ३५ हजार अध्ययन खर्च दिने र लामाको पढाइ पूरा नभएसम्म पढाइदिने घोषणा गर्नुभएको छ ।
हाल रु २६ लाख ६९ हजार रहेको अक्षयकोषको रकम हरेक वर्ष बढाउँदै लैजाने र अन्य विद्यार्थीलाई पनि छात्रवृत्ति दिने एवम् सरकारी विद्यालयमा खानेपानी, शौचालय निर्माणलगायत कार्य गर्ने उहाँले घोषणा गर्नुभयो ।
कार्यक्रममा अक्षयकोषका अध्यक्ष सानुबाबु खड्का, विद्यालयका निमित्त प्रधानाध्यापक हरिशरण ढुड्गेल, समाजसेवी कृष्णमुुरारी न्यौपानेलगायतले छात्रवृत्तिले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा निकै टेवा पुगेको चर्चा गर्नुभयो । रासस
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह