लन्डन । ब्रिटिश भेट्रानहरुले भूपू गोर्खा आन्दोलनमा साथ दिने भएका छन् । आफ्नो समान हक अधिकारका लागि अब निर्णायक आन्दोलन गर्ने जनाउंदै आएका भूपू गोर्खाहरुलाई साथ दिंदै ब्रिटिश भेट्रानहरुले आगामी २५ मार्चका दिन बेलायती प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेका छन् ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले उक्त दिन बेलायती रक्षा मन्त्रालय (एमओडी) भवन पछाडि बिहान १०.४५ बजे उपस्थित भई कार्यक्रम अझ सशक्त र सफल बनाइदिन आग्रह गरेको छ ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति बेलायत÷नेपालका कार्यवहाक संयोजक सूर्य नेम्बाङले ब्रिटिस भेट्रानहरु आफ्ना समकक्षी गोर्खाहरुको समानता, न्याय र अधिकारका लागि अग्रसर भइरहंदा गोर्खाहरुले समेत त्यसमा साथ दिन जरुरी रहेको औंल्याए ।
समितिका निर्देशक ज्ञानराज राईले बेलायत सरकारले २४ अप्रिलसम्म आफ्ना मागबारे केही ‘रेस्पोन्स’ नगरे त्यसैदिन देखि आमरण अनसन थालिने र भावी संघर्षका कार्यक्रममा ब्रिटिश भेट्रानहरुले पनि साथ दिने वचन दिएको जनाएका छन् ।
समितिका संयोजक कृष्ण राई नेतृत्वको एउटा टोली अहिले नेपालमा आन्दोलनबारे सरकारी अधिकारीहरुलाई जानकारी दिन व्यस्त छ । टोलीले कानुन तथा न्याय मन्त्री अग्नी खरेलसंग बुधवार छलफल गरेको समितिले जनाएको छ ।
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा