पोखरा, ३ चैत । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भूकम्पले ध्वस्त बनेका नौ हजार विद्यालयको पुनःनिर्माण आगामी तीन वर्षभित्रमा गरिसक्ने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भूकम्प पुनःनिर्माण प्राधिकरणले त्यसको गृहकार्य सुरु गरिसकेको बताउनुभयो ।
आगामी वैशाखको दोस्रो साताभित्रमा विद्यार्थीका हातहातमा पुस्तक पु¥याइसकिने बताउँदै उहाँले पुस्तक छाप्ने काम जनकशिक्षा सामाग्री केन्द्रबाट भइरहेको जानकारी गराउनुभयो ।
पुस्तक छपाइकार्य मधेस आन्दोलनका कारण समयमै कागज आउन नसक्दा प्रभावित बनेको उहाँको भनाइ छ ।
भूकम्प र मधेस आन्दोलनका कारण शैक्षिक वर्षमा पूरा पढाउनुपर्ने दिनमा पढाइ हुन नसकेको बताउँदै उहाँले यसवर्ष एसएलसी दिने विद्यार्थीका लागि सूचना प्रविधिको प्रयोगमार्फत वैकल्पिक रुपमा पढ्ने अवसर उपलब्ध गराइएको उल्लेख गर्नु भयो ।
सीमाङ्कन हेरफेरलगायत मधेस आन्दोलनमा उठेका विषयलाई सहमतिका माध्यमबाट टुङ्गोमा पुरयाइने उहाँले बताउनुभयो ।
व्हिटसन: बेलायतको परम्परा र आधुनिकताको मिश्रण
सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
स्कटल्याण्डको एवर्डिनमा बाल साहित्य गोष्ठी सम्पन्न