पोखरा, ३ चैत । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भूकम्पले ध्वस्त बनेका नौ हजार विद्यालयको पुनःनिर्माण आगामी तीन वर्षभित्रमा गरिसक्ने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भूकम्प पुनःनिर्माण प्राधिकरणले त्यसको गृहकार्य सुरु गरिसकेको बताउनुभयो ।
आगामी वैशाखको दोस्रो साताभित्रमा विद्यार्थीका हातहातमा पुस्तक पु¥याइसकिने बताउँदै उहाँले पुस्तक छाप्ने काम जनकशिक्षा सामाग्री केन्द्रबाट भइरहेको जानकारी गराउनुभयो ।
पुस्तक छपाइकार्य मधेस आन्दोलनका कारण समयमै कागज आउन नसक्दा प्रभावित बनेको उहाँको भनाइ छ ।
भूकम्प र मधेस आन्दोलनका कारण शैक्षिक वर्षमा पूरा पढाउनुपर्ने दिनमा पढाइ हुन नसकेको बताउँदै उहाँले यसवर्ष एसएलसी दिने विद्यार्थीका लागि सूचना प्रविधिको प्रयोगमार्फत वैकल्पिक रुपमा पढ्ने अवसर उपलब्ध गराइएको उल्लेख गर्नु भयो ।
सीमाङ्कन हेरफेरलगायत मधेस आन्दोलनमा उठेका विषयलाई सहमतिका माध्यमबाट टुङ्गोमा पुरयाइने उहाँले बताउनुभयो ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार