
बेइजिङ, २२ फागुन । चीनको जनसङ्ख्या आगामी पाँच वर्षभित्र अर्थात् सन् २०२० को अन्त्यसम्ममा १ अर्ब ४२ करोड पुग्ने अनुमान गरिएको छ ।
चिनियाँ अधिकारीहरुले शनिबार सार्वजनिक गरेको तथ्याङ्कमा चीनको जनसङ्ख्या आगामी सन् २०२० को अनत्यसम्ममा १ अर्ब ४२ करोड पुग्ने देखिएको हो ।
शनिबार चिनियाँ अधिकारीहरुले विकासका लागि अन्य कार्यक्रमहरुका साथै आगामी पाँच वर्षका लागि चीनको जनसङ्ख्या बृद्धिको पनि आंकलन गरेका थिए ।
उक्त पाँचवर्षे योजनामा गरिएको अनुमानअनुसार आगामी पाँच वार्षमा यहाँको जनसङ्ख्या कम्तीमा पनि साढे चार करोड थपिने छ ।
सोही आधारमा आगामी पाँचवर्षमा चीनको जनसङ्ख्या त्यतिधेरै पुग्ने बताइएको हो । चीन हाल पनि विश्वकै सबैभन्दा बढी जनसङ्ख्या रहेको देश हो ।
सन् २०१५ को अन्त्यसम्ममा चीनको जनसङ्ख्या करिब एक अर्ब ३८ करोड रहेको बताइएको थियो ।
चीनको केन्द्रीय तथ्याङ्क विभागले सन् २०१५ को अन्त्यसम्मको भनी शनिबार सार्वजनिक गरेको जनसङ्ख्या प्रतिवेदनमा सो सङ्ख्या देखाइएको छ ।
यस प्रतिवेदनमा नै चीन सरकारले आगामी दिनमा जनसङ्ख्या नियन्त्रणको नीति अख्तियार गर्ने जनाइएको छ । सरकारले आधारभूत सेवाका रुपमा यो नीति पनि अख्तियार गर्ने भएको हो ।
चीन सरकारले सन् २०१६ को सुरुवातदेखि नै चीनमा दुई सन्तान नीतिलाई अनुमति दिएको थियो । यसअघि सन् १९७० को दशकदेखि चीन सरकारले त्यहाँ एक सन्तान मात्र जन्माउन पाउने अधिकार चिनियाँ नागरिकलाई दिएको थियो ।
चीन सरकारले यसअघि अपनाएको एक सन्तान नीतिका कारण पनि चीनमा लैंगिक असमानताको अवस्था देखिएको थियो ।
दुई मात्र सन्तान जन्माउने अनुमति पाउदा कतिपय चिनियाँ नागरिकले छोराको मात्र चाहना राख्ने कारणले गर्दा यस्तो अवस्था देखिएको जनसङ्याविद्हरुले जनाएका थिए ।
हाल विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको देशका नागरिकमा लैंगिक औषतमा पनि त्यस्तै अवस्था देखिएकोले यसको व्यवस्थापनका लागि पनि चीन सरकारले नीति अख्तियार गर्ने जनाइएको छ ।
प्रजनन एवम् मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा पनि सुधार गरिने तथा यसका अतिरिक्त जनसङ्ख्याको व्यवस्थापनका नीतिहरुमा पनि संशोधन गरिने जानकारी दिइएको छ ।
चीनमा परिवार नियोजन र जन्मदर दर्ताजस्ता कार्यक्रमहरुमा परिवर्तन एवम् सुधार गरिने शनिबार प्रस्तुत गरिएको जनसङ्ख्यासम्बन्धी प्रतिवेदनमा जनाइएको छ ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
स्कटल्याण्डविरुद्ध नेपालको जित