बेरुत, १८ फागुन । सिरियामा संयुक्त राज्य अमेरिका र रसियाको पहलमा चार दिनअघि गरिएको युद्धबिरामपछि मङ्गलबार जर्मनीको एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा राष्ट्रपति बसार अल असादले राज्यले विद्रोहीले सरकारलाई हतियार बुझाई सामान्य जीवनमा फर्किएमा उनीहरुलाई पूर्ण क्षमादान दिने प्रस्ताव गरेका छन् ।
मङ्गलबार प्रसारित एक कार्यक्रमकालागि एआरडी टेलिभिजनलाई दिइएको राष्ट्रपतिको अन्तरवार्तामा असादलाई विद्रोहीलाई सामान्य जीवनमा फर्किने अवसर प्रदान गर्न सरकारले के गर्छ त भन्ने प्रश्नमा राष्ट्रपतिले भने, हतियार बुझाएर राजनीति गर्न चाहने वा स्वतन्त्र नागरिकका रुपमा रहने जो कोहीले पनि क्षमा पाउन सक्नेछ ।
सामान्य नागरिकले मेसिनगन लिएर जनतालाई तर्साउन नहुने बताउँदै राष्ट्रपति असादले भने, सबभन्दा महत्वपूर्ण कुरा नागरिकलाई मेसिनगनले तर्साएर राजनीति गर्नु राम्रो नभएको र हामीले सिरियाली विद्रोहीबाट अपेक्षा गरेको कुरा योभन्दा बढी केही होइन ।
यसअघि विद्रोही लडाकूका रुपमा युद्ध गरे पनि यदि उनीहरु राज्यको कानुनलाई मानेर अघि बढेमा विद्रोहीले एक प्रतिष्ठित नागरिकका हैसियतमा क्षमा पाउने राष्ट्रपति असादले बताए ।
यसैबीच रसियाका विदेशमन्त्री सर्गेइ लाभरोभले संयुक्त राष्ट्रसङ्घ मानवअधिकार परिषद् मङ्गलबार सिरिया र टर्कीको सिमानामा विभिन्न आईएस विद्रोही समूह हतियारसहित तैनाथ रहेको भन्दै यसप्रति रसिया चिन्तित बनेको मंगलबारै बताएका छन् ।
विदेशमन्त्री लाभरोभले उक्त अवसरमा आतङ्ककारी समूहहरुसँग रासायनिक हतियार निर्माण गर्ने विज्ञहरुलाई भाडामा लिई रासायनिक हतियार निर्माण तालिम लिइरहेको सूचना प्राप्त भएको जनाएका थिए ।
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त