काठमाडौँ, १७ फागुन । गत महिनादेखि अस्पताल भर्ना हुनुभएका वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यमा सुधार आएको छ ।
जीवनका ७८औँ वसन्त पार गरिसक्नुभएका गुरुङको गत महिनादेखि दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार भइरहेको छ ।
सन् १९३८ मा भारतको दार्जिलिङमा जन्मनुभएका गुरुङ लामो समयदेखि मधुमेह, पार्किन्सन लगायतका रोगबाट पीडित हुनुहुन्थ्यो ।
गुरुङको उपचार खर्चका लागि करिब रु २० लाख जति लाग्ने अनुमान गरिएको नयाँ दिल्लीमा रहेका सङ्गीतकार मणिकमल क्षेत्रीलाई उद्धृत गर्दै गायिका कोमल ओलीले बताउनुभयो ।
रािष्ट्रयगानका सङ्गीतकारसमेत रहेका गुरुङलाई यसअघि नै सरकारले आजीवन भत्ता दिने निर्णय गरेको थियो । तर उपचारका लागि अहिलेसम्म सरकारीस्तरबाट कुनै पहल नगरिएको गायिका ओलीले गुनासो पोख्नुभयो । राष्ट्रको एउटा धरोहरको उपचारमा सरकारले चाँडै चासो देखाउने आशा व्यक्त गर्दै उहाँले भन्नुभयो, “आजकै मन्त्रिपरिषद्को बैठकले यसबारे केही निर्णय गर्ने आशा छ ।”
नसा तथा पाचन प्रणालीमा समस्या आएपछि ग्रान्डी अस्पताल भर्ना भएका गुरुङलाई ग्रान्डीले नै मेदान्त ‘रिफर’ गरेको हो ।
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता