
याङ्गुन, १२ फागुन । म्यानमारको उत्तरी क्षेत्रमा जारी रहेको जातीय द्वन्द्व र त्यसका कारण उत्पन्न भएको हिंसाको अन्त्यका लागि त्यहाँको सैनिकले हस्तक्षेप गरेको छ ।
गएको कैयौँ महिनादेखि उत्तरी म्यानमारका दुई जिल्ला नामसाम र क्याकुममा जातीय हिंसा भड्किएको छ । सो हिंसामा परी सयौँको ज्यान गएको छ ।
उक्त क्षेत्रको द्वन्द्व नियन्त्रणका लागि म्यानमारको प्रहरी सफल हुन सकेको छैन । त्यसैले सेनाले सो हिंसा नियन्त्रणका लागि आफ्नो सहभागिता रहने भन्दै हस्तक्षेप गरेको हो ।
बुधबार म्यानमारको सेनाले ती क्षेत्रमा हस्तक्षेप गरी कारबाही गर्ने विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो ।
पछिल्ला केही महिनायता सुरु भएको यो नयाँ हिंसाका कारण तीन हजार ६०० जना गाउले विस्थापित भएका छन् । त्यस हिंसाका कारण उक्त गाउँका सयौं नागरिक मारिएका छन् ।
ती क्षेत्रमा म्यानमारको सैनिकले संयुक्त सैनिक कारबाही थाल्ने भएको जानकारी पनि सो विज्ञप्तिमा दिइएको जनाइएको छ ।
यसअघि सरकारले त्यहाँको हिंसा अन्त्यका लागि निकै नै प्रयास गरेको जनाएको थियो । गत फेब्रुअरी १६ मा बसेको संसदको अधिवेशनले पनि सबै पक्षलाई शान्तिपूर्ण रुपमा समाधानका लागि आग्रह गरेको थियो ।
तर सो आग्रहपछि पनि त्यहाँका अल्पसङ्ख्यक र जातीय समूहहरुले हिंसा रोकेका छैनन् । सो क्षेत्रबाट नागरिक विस्थापित हुने क्रम पनि रोकिएको छैन ।
यसै कारणले उक्त क्षेत्रमा कारबाहीका लागि हस्तक्षेप गरिएको सेनाले जानकारी दिएको छ । म्यानमारको वर्तमान सरकार पनि सैनिक सहयोगको सरकार रहेको छ ।
म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् सान सुकीेको दलले गत नोभेम्बर महिनामा सम्पन्न भएको आमनिर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको भएपनि सरकार गठन भने भएको छैन ।
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त