नवलपरासी, ९ फागुन । नेपाली काँग्रेसका सभापति स्व सुशील कोइरालाको अस्तु आज त्रिबेणी नदीमा पनि विसर्जन गरिएको छ ।पूर्वप्रधानमन्त्री कोइरालाको १३औँ दिनको पुण्य तिथिका अवसर पारेर त्रिबेणी नदीको त्रिबेणी घाटमा अस्तु विसर्जन गरिएको हो ।काठमाडौँबाट ल्याइएको पूर्वप्रधानमन्त्री कोइरालाको अस्तु नवलपरासीको त्रिबेणीधामस्थित त्रिबेणी नदीमा विसर्जन गरियो ।
सो अवसरमा पार्टीका कन्द्रीय नेता रामशरण महत, देवेन्द्रराज कँडेललगायत जिल्लाका नेता कार्यकर्ता सहभागी थिए ।
संविधान कार्यान्वयनको जिम्मा काँग्रेसको काँधमा ः नेता महत
नेपाली काँग्रेसका नेता डा रामशरण महतले संविधान कार्यान्वयनको सबैभन्दा ठूलो जिम्मा नेपाली काँग्रेसको काँधमा आएको बताएका छन् । उनले संविधान निर्माणमा अग्रणी भूमिका खेलेको काँग्रेसले अब सबैको सहमति र सहकार्यमा संविधान कार्यान्वयन गर्न काँगे्रसले अगुवाइ गर्नुपर्ने विचार व्यक्त गरे ।
नेपाली काँग्रेसका सभापति स्व सुशील कोइरालाको १३औँ दिनको पुण्य तिथिमा नेपाली काँग्रेस नवलपरासीद्वारा आज परासीमा आयोजित श्रद्धाञ्जलिसभामा बोल्दै नेता महतले कोइरालाको निधनले पार्टी र मुलुकलाई नै अपुरणीय क्षति पुगेको विचार राखे ।
सोही अवसरमा पार्टीका अर्का नेता गोपालमान श्रेष्ठले पार्टी र देशको हितका लागि कोइरालाले देखाएको बाटो सबैले रोज्नुपर्ने विचार राखेका थिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार