
पोखरा, २९ माघ । दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)को मन्त्रीस्तरीय बैठक यहाँ आयोजना गर्नेबारे उपप्रधान एवम्. परराष्ट्रमन्त्री कमल थापाले आज पोखरामा प्रशासनिक एवम् सुरक्षा निकायसँग छलफल गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीको सभाकक्षमा भएको छलफलमा क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइराला, पश्चिामाञ्चल क्षेत्रस्तरीय सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, स्थानीय विकास अधिकारी रामचन्द्र तिवारी, पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भलकराम अधिकारीसँग छलफल गर्नुभएको हो ।
उक्त अवसरमा उपप्रधानमन्त्री थापाले सार्क मन्त्रीस्तरीय बैठकका लागि प्रभावकारी आवास व्यवस्थापन, सरसफाइ एवम् सुरक्षा व्यवस्थाबारे जानकारी लिएर पूर्वाधारका लागि निर्देशन दिनुभयो ।
उहाँले पोखरा पर्यटकीय केन्द्र भएका कारण सार्क मन्त्रीस्तरीय बैठकलाई चाहिने पूर्वाधार पूरा गर्न पोखरा सफल रहने विश्वास व्यक्त गर्नुभभयो ।
उपप्रधानमन्त्री थापाले आजै पोखरास्थित फिस्टेल लज, होटेल पोखरा ग्रान्ड, साङ्ग्रीला भिलेज रिसोर्ट र फूलबारी रिसोर्टको पनि अवलोकन गरी त्यहाँ हुनसक्ने आवास व्यवस्थापनबारे छलफल गर्नुभएको थियो ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा