लण्डन । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री सुशील काेइरालाकाे अाज निधन भएकाे छ ।
श्री काेइरालाकाे निमाेनियाका कारण अाफ्नै निवासमा ८० वर्षकाे उमेरमा राति निधन भएकाे काँग्रेस महामन्त्री प्रकाशमान सिंहलाइ उल्लेख गर्दै इकान्तिपुरले जनाएकाे छ ।
काँग्रेसले महाधिवेसन प्रक्रिया स्थगन गर्ने निर्णय गरेकाे बताइएकाे छ ।
काेइरालाकाे जन्म सन् १९३९ अगष्ट १२ मा विराटनगरमा भएकाे थियाे । विपी काेइरालाकाे राष्ट्रियता प्रजातन्त्र र समाजवादकाे नीतिबाट प्रभावित भएर काँग्रेसमा लागेका काेइरालाले सन् १९५४ मा काँग्रेसकाे सदस्यता पाएका थिए ।
उनी वि.सं.२०१५ काे अामचुनावमा निर्वाचित भएका थिए ।
पटकपटक निर्वासनमा जान बाध्य पारिएका काेइराला ७ वर्ष जेल बसेका थिए ।
उनी सन् १९८९ देखि काँग्रेस केन्द्रीय समितिमा थिए । गिरिजाप्रसाद काेइरालाकाे निधनपछि उनी काँग्रेसकाे कार्यबाहक सभापति र सभापति बनेका थिए ।
सन् २०१४ काे अप्रिलदेखि २०१५ अक्टाेबरसम्म उनी नेपालकाे ३७ अाैँ प्रधानमन्त्री बनेका थिए । उनकै प्रधानमन्त्रीत्व कालमा नेपालमा नयाँ संविधान जारी भयाे भने भारतले नाकाबन्दी पनि लगायाे ।
अविवाहित काेइराला भतिजाकहाँ बस्थे ।
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
विचार : सहजताको मूल्य र गोपनीयता
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा