
लन्डन । नेपलिज नर्सिङ एसोसिएसन यूकेको १४ सेप्टेम्बर लन्डनमा सम्पन्न तेश्रो साधारणसभाले सुशीला कार्कीको अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति चयन गरेको छ । कार्की यसअघि उपाध्यक्ष थिइन् ।
त्यस्तै उपाध्यक्षमा प्रसुना कंडेल, महासचिवमा विनोदविकास सिम्खडा, सचिवमा सुनिता गौतम, कोषाध्यक्षमा रश्मिता दर्लामी चयन भएका छन् । सदस्यहरुमा उर्मिला श्रेष्ठ, यमुना घले, हिरा श्रेष्ठ, गायत्री श्रेष्ठ, गंगा सामपाङ र कल्पना बुढाथोकी छन् ।
प्रमुख निर्वाचन आयुक्त टिका स्याण्डवेलले नयां पदाधिकारीहरुलाई शपथ ग्रहण गराएकी थिइन् । नयां कार्यसमितिको कार्यकाल दुई वर्ष हुनेछ । निर्वाचन समितिमा कृष्ण भट्ट र कृष्ण तिवारी निर्वाचन आयुक्त थिए ।
बेलायतका सामाजिक तथा पेशागत संघसंगठनमा जिम्मेवारी बांडफांडमा देखिइरहेको किचलोबीच नर्सिङ एसोसिएसनले भने सर्वसम्मत नेतृत्व चयन गरेर सकारात्मक सन्देश दिएको छ । एसोसिएसनकी पूर्व अध्यक्ष
एवं सल्लाहकार अजिता सिम्खडाले एसोसिएसन भावी दिनमा समेत एकजुट भएर सामाजिक काममा लाग्ने जनाइन् ।
बासु लामिछानेको अध्यक्षतामा सम्पन्न साधारणसभाले विधान संशोधन, आयव्यय तथा वार्षिक प्रतिवेदन समेत पारित गरेको छ ।
साधारणसभापछि एसोसिएसनले मुगुमा बर्थिङ सेन्टर बनाउने प्रतिवद्धता व्यक्त गरेको छ भने आफ्ना सदस्यहरुको नेपाल नर्सिङ काउन्सिलको सदस्यता नवीकरणमा समन्वयकारी भूमिका निर्वाह गर्ने भएको छ । सदस्यता विस्तार, बेलायतस्थित संघसंस्थाहरुबीच सुमधुर सम्वन्ध स्थापना लगायत मुद्दा पनि प्राथमिकतामा छन् ।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने