
नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा भएको पार्टीका पदाधिकारी र विधान मस्यौदा समितिको संयुक्त बैठकमा सहभागी नेताहरु । तस्बिरःजीवन भण्डारी, रासस
काठमाडौँ, १ माघ । नेपाली काँग्रेसका शीर्ष नेताले पार्टीको विभिन्न संरचना निर्माण गर्नुभन्दा पहिले आन्तरिक रुपमा विस्तृत छलफल गरी विकल्पसहित प्रस्ताव ल्याउन पार्टीको विधान मस्यौदा समितिलाई आग्रह गरेका छन् ।
सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको पार्टी पदाधिकारी र विधान मस्यौदा समितिको आज बसेको संयुक्त बैठकले पार्टीको तल्लो तहसम्म छलफल गरेरमात्रै विधान संशोधन आवश्यक निर्णय लिनु उपयुक्त हुने निष्कर्ष निकालेको हो ।
गाउँ, नगर, क्षेत्र, जिल्ला तहमा भने हालको संरचना नै कायम गरेर जाने सहमति भने यसअघि नै भएको छ । तर प्रदेश र केन्द्रमा भने कस्तो संरचना बनाउने भन्नेमा भने थप छलफलको आवश्यकता देखिएको सङ्गठन विभाग प्रमुख आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो ।
उहाँले बैठकमा केही नेताले सबै तहमा निर्वाचित हुने व्यवस्था गर्दा जायज हुने धारणा राख्नुभएको भए पनि अन्तिम निष्कर्ष नआएको र सघन छलफल गर्नुपर्नेमा मतैक्य देखिएको बताउनुभयो ।
तर केन्द्रीय सदस्य बालकृष्ण खाँडले भने पार्टीको गाउँ तथा नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्नुपर्नेमा जोड दिइएको बताउनुभयो ।
राज्यको नयाँ संरचनाअनुसार अब बन्ने प्रदेश राजनीतिको महत्वपूर्ण केन्द्र हुने भन्दै त्यसमा तत्काल निर्णय लिनुपर्नेमा जोड दिइएको उहाँको भनाइ छ ।
सङ्गठन विभाग प्रमुख ढुङ्गाना भने व्यापक छलफल गरेर विभिन्न विकल्पसहितको खाका ल्याउन शीर्ष नेतृत्वले निर्देशन दिएको उल्लेख गर्नुभयो । बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौलाबाहेक सबै पदाधिकारी र विधान मस्यौदा समितिका सदस्य सहभागी हुनहुन्थ्यो ।
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान