
भूकम्पले घर भत्काएपछि नौं महिनादेखि बाख्राको खोरमा सुत्दै आएका दोलखा सुरी गाविस ४ का ७२ वर्षीय रामबहादुर श्रेष्ठ । तस्बिर ः गोकर्णप्रसाद भण्डारी, दोलखा, रासस
सुरी (दोलखा), १ माघ । सुरी गाविस–४ का रामबाबु श्रेष्ठ हिजोआज बाख्रासँगै सुतेर रात कटाउनुहुन्छ । उहाँसित सम्पत्तिको नाममा अहिले चारवटा बाख्रा मात्र छन् । परिवारका कुनै पनि सदस्य जीवित छैनन् । उमेर ७२ काटेका रामबहादुरको सम्पत्तिको नाममा रहेका तिनै चारवटा बाख्रा चराउनु र उनीहरुसँगै सुत्नु बाहेकको विकल्प उहाँसित छैन ।
भूकम्पजानु अघि उहाँको छुट्टै घर थियो । बाख्राका लागि खोर पनि छुट्टै थियो । अहिले घरगोठ सबै गुम्यो । सरकारले भूकम्पपीडितलाई उपलब्ध गराउने भनिएको रु १५ हजार समेत श्रेष्ठले अहिलेसम्म पाउनु भएको छैन । “मेरो बोली दिने कोही छैन, त्यसैले राहत पाउन सकेको छैन” उहाँले भन्नुभयो ।
जिल्लाको खारे गाविस–४ का शङ्कर खत्री अहिले धमाधम भूकम्पले भत्काएको घरको ढुङ्गा, माटो पन्छाउँदै हुनुहुन्छ । गत वैशाख १२ र १३ गते गएको भूकम्पबाट सामान्य क्षति बेहोरे पनि २९ गतेको भूकम्पले घर पुरै भत्काएको थियो । “घर बनाउन आर्थिक अभाव छ, कहाँ वास वस्ने भन्ने पिरलो छ” उहाँले पीडा सुनाउनुभयो ।
खत्री जस्तै जिल्लाका अधिकांश वासिन्दा ओत लाग्ने ठाउँको खोजिमा हुनुहुन्छ । धान, कोदो भित्र्याएर फुर्सदमा रहेका जिल्लाका भूकम्पपीडित घर बनाउन आतुर छन् । जस्तापाताबाट निर्मित अस्थाई टहरामा बस्दै आएका उनीहरुलाई चिसोले सताएपछि छटपटि भएको छ । “जस्ताको छानो भएको टहरामा धेरै चिसो हुन्छ, ढुङ्गा माटोको घरमा न्यानो हुन्थ्यो” खत्रीले भन्नुभयो ।
भूकम्पले घर भत्काएको नौ महिना वित्दासम्म पीडितले सरकारले उपलब्ध गराउने भनिएको राहत रकम कुरेर बसिरहनु भएको छ । “घरको नमुना र आवश्यक निर्देेशनको पर्खाईमा छौँ” स्थानीयवासी विमल खत्रीले भन्नुभयो । जस्तापाताबाट निर्मित टहरामा बास बस्नु परेकै कारण योवर्ष चिसोले सताएको उहाँ बताउनुहुन्छ । जाडोकै कारण यो वर्ष अहिलेसम्म जिल्लामा एकदर्जन भन्दा बढीको मृत्यु भइसकेको छ भने सयौँ बालबालिका र वृद्धवृद्धा विरामी अवस्थामा हुनुहुन्छ ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त