लन्डन । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले भारतसंगको नाका अवरोध छिट्टै सहज हुने विश्वास व्यक्त गरेका छन् । बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको २०० औं वर्ष गांठका अवसरमा यहां आयोजित विशेष समारोहमा भाग लिन लन्डन आएका मन्त्री थापाले भारतीय समकक्षी सुष्मा स्वराजसंग फोन वार्तापछि त्यस्तो विश्वास व्यक्त गरेका हुन् ।
लन्डन उत्रिए लगत्तै बेलायती राजनीतिज्ञहरुसंग भेट तीव्र पारेका थापाले बुधवार संसद भवनमा ब्रिटेनको सर्वदलीय संसदीय समितिको नेपाल डेस्क अध्यक्ष वीरेन्द्र शर्मासहितका सांसदहरुको भेटमा भारतीय आश्वासनबारे अवगत गराएको श्रोतले जनाएको छ । ‘भारतीय समकक्षीसंग लन्डनबाटै टेलिफोन वार्ता भएपछि मन्त्रीज्यू छिट्टै नाकाबन्दी खुल्नेमा आशावादी देखिनुभएको छ’, श्रोतले भन्यो । नेपाली संघसंस्थाका प्रतिनिधि समेत सहभागी उक्त भेटमा बेलायती सांसदहरु म्याथ्यू अफोर्ड, लर्ड स्यान्डवीच, रुथ क्याडबरी, अर्ल अफ स्यान्डवीच आदि सहभागी थिए ।
थापाले बुधबारै बेलायती समकक्षी फिलिप ह्यामण्ड, राज्यमन्त्री ह्युगो स्वायर र अन्तर्राष्ट्रिय विकास मन्त्री डेसमण्ड स्वायनसंग पनि बेग्लाबेग्लै भेट गरेका छन् ।
भेटका क्रममा नेपाल बेलायतबीचको द्विपक्षीय सम्वन्ध र सहयोगबारे कुराकानी भएको थियो । साथै बेलायती मन्त्रीहरुले नेपालमा भारतीय नाकाबन्दीका कारण उत्पन्न मानवीय संकटप्रति चासो व्यक्त गरेका श्रोतले उल्लेख गरेको छ ।
भेटमा थापाका साथ परराष्ट्र सहसचिव प्रकाशकुमार सुवेदी, उपसचिव कुमार खरेल, स्वकिय सचिव भरतकुमार रेग्मी, लन्डनस्थित कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री सहभागी थिए ।
मन्त्री थापा बिहीबार विहानदेखि एफसीओमा परामर्श संयन्त्रको दोश्रो बैठकमा व्यस्त रहे । परामर्श संयन्त्रको बैठकमा थापासहित नेपाली प्रतिनिधिमण्डल, कार्यवहाक राजदूत क्षेत्री र एफसीओका दक्षिण एसिया निर्देशक एवं नेपाल हेर्ने प्रतिनिधि सहभागी रहेको जनाइएको छ ।
मन्त्री थापाले १९ डिसेम्बर, शनिवारसांझ लन्डनस्थित नेपाली दूतावासमा गैर आवासीय नेपाली संघ, बेलायतसहित अन्य विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा हुने एक कार्यक्रमलाई सम्वोधन गर्ने जनाइएको छ । थापाले भूपू गोर्खाहरुसंग पनि भेट्ने कार्यक्रम छ ।
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
महिला फुटबल नेपालसँग भारत पराजित