लन्डन । आफ्नो हक अधिकारका लागि आन्दोलनरत गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतविरुद्ध केही महिनायता जारी वहिष्कार एवं विरोधका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।
समितिले नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापनाको २०० वर्ष पुरा भएको उपलक्ष्यमा बेलायत सरकारले आयोजना गर्दै आएको हरेक कार्यक्रम वहिष्कार एवं विरोध गर्दै आएको थियो । स्मरण रहोस्, यही १६ डिसेम्बर सांझ बेलायती परराष्ट्र मन्त्रालयमा गरिने द्विशतवार्षिकी समारोहमा भाग लिन नेपाल सरकारको प्रतिनिधित्व गर्दै परराष्ट्र तथा उपप्रधानमन्त्री कमल थापा भोलि १५ डिसेम्बरमा लन्डन आउने कार्यक्रम छ ।
हाल नेपाल रहेका सत्याग्रह समितिका प्रतिनिधिहरुले नेपाल सरकारका विशिष्ठ अधिकारीहरुसंग भेटेपछि स्थगनको निर्णय गरेका हुन् ।सत्याग्रहका प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री कमल थापा र अन्य मन्त्रीहरुसंग भेटेर बेलायत सरकारसंग आफ्ना मागबारे कुरा राखिदिन आग्रह गरेका थिए । वार्तापछि नेपाल सरकारले बेलायतसंग निर्णायक वार्ता गरिदिने र यसका लागि विरोध कार्यक्रमहरुले वार्ताको वातावरण बिगार्ने भएकाले कार्यक्रम स्थगन गर्न अनुरोध गरेपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।
समितिले परराष्ट्रमन्त्री एवं परराष्ट्र सचिवलाई भेटेर गोरखा विभेदका लिखित दस्तावेजहरु प्रमाण र तर्कका लागि उपलव्ध गराइसकिएको पनि जनाएको छ ।
समितिले बेलायत सरकारलाई थप दवाव दिने उद्देश्यले सामूहिक आमरण अनसनमा जाने चेतावनी दिइसकेको छ ।
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
विचार : सहजताको मूल्य र गोपनीयता