काठमाडौँ, २३ मङ्सिर । प्रधानमन्त्री केपी ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका कार्यबाहक प्रमुख क्रेग स्यान्डोर्स र विभिन्न देशका राजदूतले आज भेट गरी नेपालमा देखिएको इन्धन समस्याका बारेमा छलफल गर्नुभएको छ ।
स्यान्डोर्ससहित नेपालका लागि बेलायतका राजदूत एन्ड्र जेम्स स्पाक्सर्कस, अस्टे«ेलियाका राजदूत ग्लेन ह्वाइट, स्विट्जरल्याण्डका राजदूत डा अर्स हेरेन, अमेरिकी दूतावासका चार्ज दि अफेयर्स जोन कारवाइलले प्रधानमन्त्रीसँग संयुक्त रुपमा भेटी छलफल गर्नुभएको हो ।
भेटमा इन्धन सङ्कट र त्यसले पारेको मानवीय सङ्कटका बारेमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीका वैदेशिक मामिला विज्ञ गोपाल खनालले जानकारी दिनुभयो ।
उहाँहरुले नेपालको अहिले देखिएको मानवीय सङ्कटमा सहयोग गर्न आफूहरु तयार रहेको बताउनुभएको थियो ।
उहाँहरुले विभिन्न विकास साझेदारले पहाडी जिल्लामा गरिरहेको मानवीय सहयोगको कार्यक्रम इन्धनको अभावका कारण सञ्चालन गर्न अप्ठ्यारो परिरहेको बताउँदै ती कार्यक्रमका लागि आवश्यक इन्धनको व्यवस्था गरिदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो ।
जवाफमा प्रधानमन्त्रीले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद दिँदै मानवीय सहयोगका कार्यक्रमका लागि आवश्यक इन्धनको व्यवस्था मिलाउने बताउनुभएको थियो ।
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा