
मस्को, १० मङ्सिर । टर्कीले हालैमात्र रसियाको एक युद्धक विमान खसालेकोले टर्की र रसियाबीचको सम्बन्धमा तनाव उत्पन्न भएको समाचार छ । यी दुई देशबीचको सम्बन्धमा पछिल्लो समयमा दरार उत्पन्न भएको समाचारमा जनाइएको छ ।
टर्कीले आफ्नो भूभागमा विना अनुमति प्रवेश गरेको भन्दै सोमबार मात्र रसियाको एक युद्धक विमान खसालेको बताएको थियो । सिरियामा रसियाले आक्रमण गरिरहेको जनाएको छ ।
सो आक्रमणका क्रममा एक विमान सिरियाली भूभागमा नै उडेको रसियाली अधिकारीहरुको दाबी छ भने टर्कीले भने रसियाली विमान विगत लामो समयदेखि नै टर्कीको भूभागमा उड्ने गरेको बताएको छ ।
सिरियमा गत महिनादेखि नै रसियाली सेनाले पनि आक्रमणलाई निरन्तरता दिएको छ । जसका कारण आफ्नो भूभागमा रसियाका युद्धका विमानहरु प्रवेश गर्ने गरेको अधिकारीहरुको भनाई छ ।
रसियाली नागरिकले यहाँको सु–२४ नामक युद्धक विमानलाई गोली हानी खसालिएको प्रति रोष प्रकट गर्दै विरोध स्वरूप प्रदर्शन गरेको मस्कोका सुरक्षा अधिकारीले बताएका छन् ।
नागरिक तहमा नै यस्ता क्रियाकलापहरु जारी नै रहँदा उता सरकारी स्तरमा पनि एक आपसमा विरोधहरु भइरहेका छन् ।
सो विमानमा दुई जना पाइलट रहेका र एकजनाको ज्यान गएको छ । अर्का एकजना जिवीत पाइलटले टर्कीले आफुहरुलाई कुनै पूर्व जानकारी वा चेतावानीयुक्त सन्देश नै नदिइकनै सो विमानमा हमला गरेको जनाएका छन् ।
जिवीत पाइलटको यो अनुभवपछि झनै यी दुई देशबीच तनाव उत्पन्न भएको हो । यो विमान खसालिएपछि रसियाली राष्ट्रपति भ्लालिदिमिर पुटिनले दुर्भाग्यपूर्ण भनी प्रतिक्रिया दिनुभएको थियो ।
उता टर्कीको वायुसेनाले भने उक्त रसियाली विमान अन्तर्राष्ट्रिय सीमा कानुनलाई उल्लङ्घन गर्दै आफ्नो आकाशमा प्रवेश गरेपछि लगातार टर्कीको आकाश छोड्न आह्वान गरिएको तर विमानले टर्कीको उक्त आग्रहलाई बेवास्ता गरेपछि विमानलाई गोली हानी खसालेको बताएको छ ।
रसियाली राष्ट्रपति पुटिनले आफ्ना नागरिकलाई टर्कीको भ्रमण नगर्न आग्रह समेत गर्नुभएको एक अर्काे समाचारमा जनाइएको छ ।
राष्ट्रपति पुटिनले हाम्रो विमान खसाल्ने र हाम्रो विमानचालकको हत्या गर्नेजस्तो निन्दनीय काम गरेको भन्दै हालका लागि आवश्यक कदमका रुपमा सो देशमा भ्रमण रद्द गरिएको बताउनुभयो ।
उहाँले बुधबार मात्र एक रसियाली टेलिभिजनलाई दिनुभएको अन्तरवार्तामा टर्कीको उक्त कार्य निन्दनीय भएको भन्दै आगामी दिनमा उसले पनि महंगो मूल्य चुकाउनुपर्ने धारणा राख्नुभएको थियो ।
उता रसियाली नागरिकले पनि रसियाको राजधानी मस्कोस्थित टर्कीको राजदूतावास अगाडि सयौँको सङ्ख्यामा जम्मा भएर बुधबार प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले बुधबार करिब एक घण्टा ३० मिनेटसम्म दूतावास वरपर प्रदर्शन गरेपछि रसियाली प्रहरीले बलपूर्वक प्रदर्शनीस्थल खाली गराएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल