
ब्रसेल्स, १० मङ्सिर । पेरिसमा हालै भएको आतङ्ककारी आक्रमणका कारण युरोपका कैयौँ देशमा असुरक्षाको चर्चा बढिरहेको बताइएको छ । साथै आतङ्ककारी हमलाको त्रास युरोपेली क्षेत्रमा नै देखिएको पाइएको छ ।
पेरिसमा यही नोभेम्बर १३ मा आतङ्ककारी हमला भएको थियो । फ्रान्समा सो हमला सन् २०१५ मा नै दोस्रो पटक भएको बताइएको छ ।
मुस्लिम अतिवादी समूह, आईएसले सो हमला गरेको जिम्मेवारी लिएसँगै युरोपका अरू देशमा पनि हमला गर्ने उनीहरूको योजना रहेको अनुमानका आधारमा त्यस्तै खालका सुरक्षा मापदण्ड पनि अपनाइएको छ ।
युरोपमा पछिल्लो समयमा आतङ्ककारी क्रियाकलाप बढ्दै गएको र त्यसमा निकै नै सजगता अपनाउनुपर्ने बताउँदै आइएको छ ।
युरोपमा नै आतङ्कवाद छिरेको भन्दै यसको निवारण र नियन्त्रणका लागि अहिलेको भन्दा अझै शक्तिशाली कारबाही अघि बढाउनुपर्ने धारणा बुधबार मात्र जर्मन चान्सलर एन्जेला मार्केलले पनि राख्नुभएको थियो ।
आतङ्ककारी हमलाबाट मारिएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्न पेरिस पुग्नुभएका उहाँले आईएसविरुद्धको कारबाहीलाई थप प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको हो ।
साथै उहाँले यस कार्यका लागि जस्तोसुकै सहयोगको आवश्यकता परे पनि फ्रान्सलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो ।
साथै उहाँले आईएसका विरुद्ध लड्न सबै युरोपेली राष्ट्रहरूले कडा सुरक्षा व्यवस्था अपनाउन र युरोपेली राष्ट्रहरूले प्रभावकारी मापदण्डका साथ काम गर्न पनि आग्रह गर्नुभएको थियो ।
अर्कातर्फ मध्यपूर्वीलगायत विश्वका विभिन्न देशमा पछिल्लो समयमा हिंसा र आन्तरिक द्वन्द्व बढ्दै जाँदा युरोप छिर्ने शरणार्थीको सङ्ख्यामा पनि विगतका तुलनामा निकै ठूलो मात्रामा वृद्धि हुँदै गएकाले पनि यो सुरक्षा व्यवस्थालाई थप चुस्त बनाउन पनि सबैको ध्यानाकार्षण भएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन