इटहरी, ९ मङ्सिर । सुनसरी जिल्लाको हरिपुर र भारत विहारको भीमनगर सीमा नाकामा आज बिहान भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले नेपाल भूमिमा प्रवेश गरेर गोली चलाएर चारजना नेपाली गम्भीर घाइते बनाउनु भारतीय सुरक्षाकर्मीका तर्फबाट सिधै गल्ती भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताउनुभएको छ ।
घटनास्थलको स्थलगत अवलोकनसँगै स्थानीयवासी र भारतीय सीमा सुरक्षा बलसँग समेत भेटघाट गरेर घटनाका विषयमा गहन अध्ययनपछि सदरमुकाम इनरुवा आइपुग्नुभएका प्रजिअ पन्थले स्थानीयवासीले भने जस्तै भारतीय सीमा सुरक्षा बलका जवानले नेपालको भू–भागमा आएर जथाभावी गोली चलाएको देखिएको उल्लेख गर्नु भयो ।
साइकलमा रासायनिक मल लिएर नेपालतिर आउँदै गरेको नेपालीलाई साइकलमा पच्छ्याउँदै आएका भारतीय सुरक्षा बलका जवानले नेपाली भूमिमा बसिरहेकालाई जथाभावी बोल्ने र गालीगलौज गरेपछि तनाव भएको र एक्कासी भारतीय जवानहरुले फायर खोलेको स्वयम एसएसबीका जवानले बताएको प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी गराउनुभयो ।
भारतीय सुरक्षा बल एसएसबीले आफुहरुमाथि पनि लाठी प्रहार गरेको र आत्मरक्षाका लागि बाध्य भ्एर फायर खोल्नुपरेको भन्ने भनाइले पनि उनीहरुबाट गल्ती भएको देखिन आएको पनि प्रजिअ पन्थले जानकारी गराउँदै नेपाली भूमिमा प्रवेश गरेर नेपालीमाथि नै गोली हान्नु सिधै गल्ती भएको टिप्पणी गर्नुभयो ।
घटनापछि हरिपुर सीमानाका क्षेत्रमा अहिले स्थिति शान्त रहेको छ । सुनसरी प्रहरीले घट्नालाई गम्भीररुपमा हेर्न छलफल चलाइरहेको बुझिएको छ ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर