काठमाडौँ, ८ मङ्सिर । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले कच्चापदार्थको अभाव भएपछि नारायणहिटी परिररमा बन्दै गरेको गणतन्त्र स्मारक निर्माणको काम रोकिएको छ ।
विसं २०६५ जेठ १५ मा नेपालमा गणतन्त्र स्थापना भएपछि नेपाल सरकारले विसं २०६९ मङ्सिर २२ गते निजी कम्पनी बिकोइ स्काइ बङ्गलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरेर तीन वर्षमा सक्ने गरी काम अगाडि बढाएको थियो । पैँतीस रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सो स्थलमा नेपाली सेना बस्दै आएकाले निर्माण चैतको दोस्रो हप्तादेखि मात्र सुरु भएको थियो । रु चौँतिस करोड लगानीमा स्थापना गर्न लागिएको सो स्मारकको ८० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको कम्पनीले भूकम्प र नाकाबन्दीले काम ढिला भएको कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले जानकारी दिए । उनले भने, “काम तीव्र गतिमा अगाडि बढेको थियो तर वैशाखमा आएको विनाशकारी भूकम्प र तीन महिनादेखि भइरहेको मधेस आन्दोलनले काम अगाडि बढाउन सकेनौँ ।”
उनले सहज वातावरण भए निर्धारित समयमा नै काम गर्ने र आगामी जेठ १५ गते गणतन्त्र दिवसमा सो स्मारक सहितको उद्यान उद्घाटन गर्न सकिने विश्वास व्यक्त गरे । “सुरुका दिनमा एक सय ५० भन्दा बढी कामदार लगाएर काम गरेका थियौँ, अहिले कच्चापदार्थको अभावले कामदारलाई काम दिन सकेका छैनौँ”–श्रेष्ठले भने ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित