काठमाडौँ, ८ मङ्सिर । भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले कच्चापदार्थको अभाव भएपछि नारायणहिटी परिररमा बन्दै गरेको गणतन्त्र स्मारक निर्माणको काम रोकिएको छ ।
विसं २०६५ जेठ १५ मा नेपालमा गणतन्त्र स्थापना भएपछि नेपाल सरकारले विसं २०६९ मङ्सिर २२ गते निजी कम्पनी बिकोइ स्काइ बङ्गलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरेर तीन वर्षमा सक्ने गरी काम अगाडि बढाएको थियो । पैँतीस रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सो स्थलमा नेपाली सेना बस्दै आएकाले निर्माण चैतको दोस्रो हप्तादेखि मात्र सुरु भएको थियो । रु चौँतिस करोड लगानीमा स्थापना गर्न लागिएको सो स्मारकको ८० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाएको कम्पनीले भूकम्प र नाकाबन्दीले काम ढिला भएको कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले जानकारी दिए । उनले भने, “काम तीव्र गतिमा अगाडि बढेको थियो तर वैशाखमा आएको विनाशकारी भूकम्प र तीन महिनादेखि भइरहेको मधेस आन्दोलनले काम अगाडि बढाउन सकेनौँ ।”
उनले सहज वातावरण भए निर्धारित समयमा नै काम गर्ने र आगामी जेठ १५ गते गणतन्त्र दिवसमा सो स्मारक सहितको उद्यान उद्घाटन गर्न सकिने विश्वास व्यक्त गरे । “सुरुका दिनमा एक सय ५० भन्दा बढी कामदार लगाएर काम गरेका थियौँ, अहिले कच्चापदार्थको अभावले कामदारलाई काम दिन सकेका छैनौँ”–श्रेष्ठले भने ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा