बुडापेस्ट (हङ्गेरी), १ मङ्सिर । आप्रवासी शरणार्थीको रुपमा विभिन्न अरब राष्ट्र तथा भूमध्यसागरिय क्षेत्रबाट विभिन्न युरोपियन राष्ट्रमा पुगेका मानिसहरुमाथि पेरिस आक्रमणको निहुँमा सताइन थालिएको समाचार प्राप्त भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । कुनै पनि बहानामा निर्दोष शरणार्थीमाथि कसैबाट कारबाही हुन नहुने भन्दै राष्ट्रसङ्घले सम्बद्ध सबै देशलाई यसो नगर्न अनुरोध गरेको छ । अरब तथा भूमध्यसागरिय मुलुकमा पछिल्लो समय देखिएका द्वन्द्वका कारण सयौँ हजार मानिस जीवन सुरक्षाका लागि विभिन्न युरोपेली राष्ट्रमा पुगेको तर, पेरिस आक्रमणपछि त्यहाँ भएका छानबिनका क्रममा निर्दोष मानिसहरुसमेत मर्कामा परेको समाचार प्राप्त हुन आएको भन्दै राष्ट्रसङ्घले निर्दोष शरणार्थीलाई बलिको बोका जस्तै बनाइनु नहुने संयुक्त राष्ट्रसङ्घ शरणार्थी अधिकार मामला सम्बद्ध संस्थाले मङ्गलबार एक वक्तव्यमा बताएको छ ।
निर्दोष द्वन्द्वपीडित जनता पेरिस आक्रमणपछि युरोपमा गरिएका कडा सुरक्षा जाँचको भयमा युरोप छिर्न नसकेको राष्ट्रसङ्घअन्तर्गतको उक्त शरणार्थी अधिकारका लागि काम गर्दै आएको संस्थाले जनाएको छ । सयौँ हजार निर्दोष मानिस आफ्नो देशमा भएको द्वन्द्वका कारण युरोप तथा अमेरिका पुगेका तर पेरिस आक्रमणको आवरणमा उनीहरु त्यहाँ पनि पीडित हुनुपर्ने अवस्था आउन नदिन राष्ट्रसङ्घले सम्बद्ध सबैलाई ध्यानकर्षण गराएको छ ।
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल