लण्डन । बेलायत छन्त्याल संघको आयोजनामा बेलायतबासी छन्त्यालहरुले यही शनिवारका दिन बेलायतको आस्फोर्ड शहरमा अवस्थित क्राइस्ट चर्च हलमा देउसी-भैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
संघका अध्यक्ष झकबहादुर छन्त्यालको अध्यक्षतामा सम्पन्न साे कार्यक्रमको सञ्चालन संघका महासचिव मुकेन छन्त्यालले गरेका थिए । नेपाल छन्त्याल युवा संघका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाकार थम बहादुर छन्त्याल र संघका अध्यक्ष झक बहादुर छन्त्यालबाट पानसमा बत्ति बालेर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।
छन्त्यालहरु बसोबास गर्ने मुख्य आ-आफ्नो शहरहरुमा भैलो कार्यक्रम सम्पन्न गर्ने संघले निर्णय गरेता पनि सबै छन्त्याल सदस्यहरुलाई संघले उपस्थितिको लागि निमन्त्रना गरेको थियो । उक्त कार्यक्रममा संघले निशुल्क यातायात तथा विभिन्न परिकारका खाना लगायत पेय पदार्थको ब्यवस्था गरेको थियो ।
कार्यक्रममा यलिना छन्त्याल,यन्जना छन्त्याल र सिमा छन्त्यालबाट तिहारै आयो लौ झिलिमिली भन्ने बोलको गितमा नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई मनोरन्जन दिन सफल भएका थिए साथै संघका संस्कृति सचिव नरसिंङ छन्त्याल र नेपाल छन्त्याल युवा संघको निवर्तमान अध्यक्ष थम छन्त्यालबाट परम्परागत शैलीमा भैलो भट्ट्याएर उपस्थित सम्पूर्णलाई मातृभूमिको यादमा रमाउने वातवरण सृजना गराउन सफल भएका थिए।
विभिन्न लोक दोहोरी भाकाका गीतहरु,पन्चेबाजा लगायत तिहारका गीतहरुमा सबैले नाचेर, हाँसेर अन्त गरिएको उक्त कार्यक्रममा उपस्थित सबैले संघलाई देउसी-भैलोको उपलक्ष्यमा आर्थिक सहयोग गरेका थिए।
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता