लन्डन । नाकाबन्दीको विरोध गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध यहांका नेपालीले गर्न लागेको प्रदर्शनीमा व्यापक सहभागिता हुने भएको छ । प्रदर्शनीमा स्वतस्फूर्त युवाहरु र बेलायतका विभिन्न नेपाली संघसंस्थाले सहभागिता जनाउने भएका हुन् । प्रदर्शनी आगामी १२ नोभेम्बर, मध्यान्ह १२ बजे बेलायती संसद भवन अगाडि गर्न लागिएको छ ।
प्रदर्शनी अभियानमा जुटिरहेका फोटोपत्रकार एभरेष्ट गौतम र विद्यार्थी नेता गणेश खड्काका अनुसार हालसम्म एनपीसीसी यूके, एनआरएनए यूके, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स, कपिलवस्तु समाज यूके, नेपाली साहित्य विकास परिषद यूके, नेपलिज हार्ट फाउण्डेशन यूके, पूर्व प्रहरी परिवार मञ्च यूके, यती नेपाली एसोसिएसन यूके, नेपलिज ब्लड डोनर्स यूके, संयुक्त राष्टवादी संगठन बेलायत, डार्टफोर्ट नेपलिज कम्युनिटी यूके, तमुधिं आमा समूह यूके, अन्तर्राष्टिय नेपाली वांग्मय प्रतिष्ठान यूके प्रतिनिधिले सहभागिताका लागि प्रतिवद्धता दिइसकेका छन् । अन्य संघसंस्थाले पनि साथ दिने वचन दिएको एभरेष्ट गौतमले जनाए ।
अभियानलाई बेलायतस्थित नेपाली मिडियाले पनि उल्लेख्य साथ दिएका छन् ।
प्रदर्शनी राष्टिय स्वाधिनता र सार्वभौमका पक्षमा भएकाले उल्लेख्य सहभागिताका लागि आयोजकले अपिल गरेका छन् । उनीहरुले नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप कहिल्यै स्वीकार्य नहुने जनाउंदै यसको कडा प्रतिवाद गर्न सबैमा आग्रह गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदी आगामी १२ देखि १४ नोभेम्बरसम्म तीन दिने बेलायत भ्रमणमा आउंदैछन् ।
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन
साँचो क्रान्ति ‘क’बाट होइन, ‘ज्ञ’बाट सुरु हुन्छ : प्रधानमन्त्री वालेन्द्र शाह
अवैध सुकुटी बिक्री गरेकोमा बेलायत अल्डरसटको ‘भिन्तुना’ रेस्टुरेन्ट दोषी
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तीर्थयात्री बोकेको जिप रोल्पामा दुर्घटना : कम्तीमा २० जनाको मृत्यु
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
पूर्वमन्त्री एवं राप्रपाका वरिष्ठ नेता विक्रम पाण्डेसहित दुई जना पक्राउ
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा