लन्डन । नाकाबन्दीको विरोध गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध यहांका नेपालीले गर्न लागेको प्रदर्शनीमा व्यापक सहभागिता हुने भएको छ । प्रदर्शनीमा स्वतस्फूर्त युवाहरु र बेलायतका विभिन्न नेपाली संघसंस्थाले सहभागिता जनाउने भएका हुन् । प्रदर्शनी आगामी १२ नोभेम्बर, मध्यान्ह १२ बजे बेलायती संसद भवन अगाडि गर्न लागिएको छ ।
प्रदर्शनी अभियानमा जुटिरहेका फोटोपत्रकार एभरेष्ट गौतम र विद्यार्थी नेता गणेश खड्काका अनुसार हालसम्म एनपीसीसी यूके, एनआरएनए यूके, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स, कपिलवस्तु समाज यूके, नेपाली साहित्य विकास परिषद यूके, नेपलिज हार्ट फाउण्डेशन यूके, पूर्व प्रहरी परिवार मञ्च यूके, यती नेपाली एसोसिएसन यूके, नेपलिज ब्लड डोनर्स यूके, संयुक्त राष्टवादी संगठन बेलायत, डार्टफोर्ट नेपलिज कम्युनिटी यूके, तमुधिं आमा समूह यूके, अन्तर्राष्टिय नेपाली वांग्मय प्रतिष्ठान यूके प्रतिनिधिले सहभागिताका लागि प्रतिवद्धता दिइसकेका छन् । अन्य संघसंस्थाले पनि साथ दिने वचन दिएको एभरेष्ट गौतमले जनाए ।
अभियानलाई बेलायतस्थित नेपाली मिडियाले पनि उल्लेख्य साथ दिएका छन् ।
प्रदर्शनी राष्टिय स्वाधिनता र सार्वभौमका पक्षमा भएकाले उल्लेख्य सहभागिताका लागि आयोजकले अपिल गरेका छन् । उनीहरुले नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप कहिल्यै स्वीकार्य नहुने जनाउंदै यसको कडा प्रतिवाद गर्न सबैमा आग्रह गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदी आगामी १२ देखि १४ नोभेम्बरसम्म तीन दिने बेलायत भ्रमणमा आउंदैछन् ।
३०० वर्ष पुरानो भायलिन प्रदर्शन हुँदै बेलायतको सङ्गीत महोत्सवमा
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा
बेलायतमा मनाइयो ‘लन्डन इन्द्र जात्रा’
र्यापमा रमाउँदै नयाँ पुस्ता : ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ’
बीसीसी यूकेले गर्यो कुलमान घिसिङलाई स्वागत तथा सम्मान
युद्ध साहित्य पुरस्कार २०८२ विरहीका ‘बारुदले कोरेका अक्षरहरु’ लाई प्रदान गरिने
एनआरएनए यूकेका दुई समूहले गरे कुलमान घिसिङसँग छुट्टाछुट्टै ‘मिट एन्ड ग्रिट’कार्यक्रम
एक लाख १० हजार धरौटीमा छुटे चक्रे मिलन
बेलायती सांसद एलेक्स बेकरसँग कुमाल घिसिङको भेटवार्ता