
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावकमा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित केही साना दलको सर्मथनमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउदै । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २३ असोज । प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराएका नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई एकीकृत नेकपा(माओवादी) र राप्रपा नेपालसहित साना दलले सघाउने भएका छन् ।
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ओलीको प्रस्तावक छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित केही साना दलको सर्मथनमा एमाले अध्यक्ष ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले प्रधानमन्त्री पदको उम्मेदवारी दर्ता गराउँदा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, विद्यादेवी भण्डारी, एमाओवादी अध्यक्ष दाहाल, नेकपा(माले)का महासचिव सिपी मैनाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपस्थित थिए । यस्तै, एमालेका सांसदको पनि उल्लेख्य सहभागिता थियो ।
अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा सहयोग गर्ने अन्य राजनीतिक दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा(माले), राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक र नेपाली जनता दल छन् ।
संसद्मा एमालेको १८३, एमाओवादीको ८३, राप्रपा नेपालको २५ सांसद रहेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा(माले) को ५, राष्ट्रिय जनमोर्चाको ३, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकको २, बहुजन शक्ति पार्टीको १, नेपाली जनता दलको १ सांसद छन् । यसरी हेर्दा अध्यक्ष ओलीको पक्षमा ३१५ सांसद् रहेको देखिन्छ ।
व्यवस्थापिका–संसद् सचिवालयले शुक्रबार नयाँ प्रधानमन्त्री निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशन गरेको थियो । संसद्को शुक्रबारको बैठकमा सभामुख सुवास नेम्वाङले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी आवश्यक व्यवस्था मिलाउन दिनुभएको निर्देशनअनुसार नै कार्यतालिका प्रकाशन गरिएको हो । आइतबार बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको उम्मेदवारका समर्थक र प्रस्तावकले आ–आफ्नो धारणा राखेपछि मतदान प्रक्रियामा सुरु हुनेछ ।
राष्ट्रपति डा रामवरण यादवले सहमतिको आधारमा प्रधानमन्त्री चयन गर्न दिएको समयसीमा बिहीबार सकिएपछि आजदेखि बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढेको हो ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित