संकटा क्लब दशरथ रंगशाला जारी एन्फा कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । मोरङ एघारलाई १–० गोलले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान पक्का गरेको हो । संकटा क्लबका वर्षात गुरुङ ५१ औं मिनेटमा निर्णायक गोल गरेका थिए । सेमीफाइनलमा प्रवेश गर्ने अन्तिम टोली संकटाले आफ्नो स्थान पक्का गर्नका लागि नेपाली सेनासँग प्रतिस्पर्धा गर्ने छ । यसअघि झापा एघार र सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमीफाइनलमा प्रवेश गरी सकेका छन् । न
कआउट प्रतियोगिताको फाइनल जित्ने टोलीले १० लाख रुपैया हात पार्ने छ । उप विजेताले ५ लाख र सेमीफाइनलमा पुग्ने अन्य टोलीले एक एक लाख रुपैया पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी मोटरसाइकल प्रदान गर्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । प्रशिक्षकसहित विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ५० हजार रुपैया प्रदान गरिने छ । ए डिभिजन र विभागीय गरी ८ टोलीको प्रतियोगितामा सहभागी छन् । मनाङ मर्स्याङ्दी क्बल, थ्रिस्टार क्लब र नेपाल प्रहरी पहिलो खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
फोटो सौजन्य : गोल नेपाल डट कम
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कांग्रेस विशेष महाधिवेशनः निर्वाचन समिति गठन
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी