गैरआवासीय नेपाली संघको १४ देखि १७ अक्टोवरसम्म काठमाडौंमा हुने सातौं विश्व सम्मेलन नजिकिएपछि चुनावी माहौल पनि तातिएको छ ।
पछिल्लोक्रममा संघका वर्तमान अध्यक्ष शेष घले “सर्वसम्मत अध्यक्ष बन्ने बतावरण बन्दै गएको” भनेर मिडियाबाजी पनि शुरु भएको छ । श्रोतका अनुसार घलेले सर्वत्रबाट दबाब आएको र आफूलाइ पूर्व अध्यक्षहरुको पनि आशीर्वाद रहेको दावी गर्दै आएपनि कपोलकल्पित र भोटर रिझाउने खेलमात्र भएको अध्यक्ष पदका अर्का प्रत्याशी रतन झाले दावी गरेका छन् । ।
झाले आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन् ।
“मैले उम्मेदवारी सार्वजनिक रुपमा घोषणा गरेको हूँ र अहिलेसम्म फिर्ता हुने कुनै सोच बनाएको छैन”, पूर्वमहासचिव झाले स्पष्ट पारे, “मैले उम्मेदवारी आफ्नालागिमात्र नभएर सम्पूर्ण गैर आवासीय नेपालीहरुका लागि दिएको हूँ ।”
घलेले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र पूर्वअध्यक्ष जीवा लामिछानेको आशीर्वाद रहेको भनेर धेरै ठाँउमा बोल्दै आएकोमा गैर आवासीय नेपालीहरुमाझ पनि आश्चर्य व्यक्त हुने गरेको छ । घलेले विभिन्न देशको चुनावी दौडाहा पनि आफ्नो खर्चमा नगरेको गुनासो छ ।
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’