सप्तरी, ६ असोज । सीमाङ्कन र नयाँ संविधान २०७२ को विरोधमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आज सप्तरीको सदरमुकाम राजविराजमा बसेको बैठकले मधेसको आन्दोलन जारी राख्ने निर्णय गरेको छ ।
मोर्चाको आज यहाँ सम्पन्न बैठकले शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने, हातेमालो कार्यक्रम गर्ने, मानवअधिकार उल्लङ्घन सम्बन्धमा सर्वोच्च अदालतलगायतमा मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले मुस्लिम समुदायको महान चाड कुर्बानी इद–इदुल (अजहा)को उपलक्ष्यमा शुभकामना दिने निर्णय गरेको छ ।
मधेसी मोर्चा र थरुहट थारुवान सङ्घर्ष समिति एवम् मुस्लिम सङ्घर्ष समितिलगायत आन्दोलनरत पक्षहरुसँग सहकार्य गर्ने निर्णय गर्दै मोर्चाको चार सदस्यीय सचिवालयको कार्यदलसमेत गठन गरिएको छ ।
कार्यदलमा सद्भावना पार्टीका महासचिव मनिष सुमन, तमसपाका रामनरेशराय यादव, तमलोपाका गोविद चौधरी र सङ्घीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ छन् ।
बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मोर्चाका संयोजक एवम तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसको आन्दोलन जारी रहने बताउँदै विगतमा भएका सम्झौतालाई वर्तमान सरकारले महत्व नदिएकाले पुनः आन्दोलनलाई निरन्तरता दिने उल्लेख गरे ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानमा मधेसी, दलित, मुस्लिम, जनजाति, पिछडा वर्गलगायत मधेसी समुदायको हक अधिकार सुनिश्चित नभएको धारणा राख्दै संविधान नस्वीकार्ने बताए । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएका २२ बँुदै र आठबुँदै समझौता वतर्मान सरकारले कार्यान्वयन नगरेकाले आन्दोलन गर्नुपरेको बताए ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित