काठमाडौँ, २६ भदौ । प्रदेश सीमाङ्कनको विषयलाई लिएर आन्दोलनरत् थरुहट थारुवान संयुक्त सङ्घर्ष समितिले सरकारसँग वार्ता गर्नका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ ।
समिति सचिवालयको शनिवार बसेको बैठकले सरकारसँग वार्ताको वातावरण बनाउन तीन सदस्यीय वार्ता टोली गठन गरेको सभासद् एवम् समितिका प्रवक्ता अमनलाल मोदीले जानकारी दिए ।
तीन सदस्यीय वार्ता टोलीमा थारु नेताहरु अमनलाल मोदी, राजकुमार लेखी र मीनराज चौधरी छन् ।
“प्रमुख तीन दलले संविधान लेखनको प्रक्रिया रोकेर वार्ताको लागि आह्वान गर्नुलाई सकारात्मक लिँदै वार्ताको सकारात्मक वातावरण बनाउन वार्ता टोली गठन गरेका छौँ । हाम्रा सात बुँदे मागलाई कार्यान्वयनको थप प्रतिबद्धता आए वार्ता प्रक्रिया अघि बढ्छ,”–रासससँगको कुराकानीमा उनले भने ।
प्रमुख तीन दलका शीर्ष नेताहरुले आन्दोलनरत् थारु, मधेसीलगायतका समुदायलाई वार्तामा आउन आग्रह गर्दै शुक्रबार संविधानसभामा प्रस्तुत संशोधन प्रस्तावमाथिको छलफललाई दुई दिनका लागि रोक्ने निर्णय गरेका थिए ।
प्रमुख दलको उक्त निर्णयलाई सकारात्मक लिँदै थारु सङ्घर्ष समितिले वार्ताको वातावरणका लागि वार्ता टोली गठन गरेको छ, भने संयुक्त मधेसी मोर्चाका केही घटकहरुले सकारात्मक सम्पर्क बढाएका छन् ।
मोर्चाका शीर्ष नेताहरु काठमाडौँ आएका छन् । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव काठमाडौँ आए पनि आजै पार्टीको कार्यक्रमले भोजपुर गए । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो काठमाडौँ आएका छैनन् । उनीहरु दुवै आइतबार काठमाडौँ आउने बुझिएको छ । मोर्चाका अन्य नेताहरु भने राजधानी आइसकेका छन् ।
यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले रासससँग कुराकानी गर्दै वार्ताको वातावरणका लागि अनौपचारिक कुराकानी भइरहेको बताएका छन् ।
उनले भने– “सरकारसँग औपचारिक कुराकानी भएको छैन, तर अनौपचारिक कुराकानी भइरहेको छ । हाम्रो तर्फबाट तराईमा भइरहेको पछिल्ला अराजक घटनाक्रमको समीक्षा गर्दै देशलाई कसरी सामान्य अवस्थामा फर्काउने भन्नेबारे छलफल भइरहेको छ । उपेन्द्र यादव र राजेन्द्र महतो आइतबार राजधानी फर्किएपछि मोर्चाको तर्फबाट औपचारिक धारणा बनाएर अघि बढ्छौं ।”
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण