
गाईजात्रा पर्वको अवसरमा एक वर्ष अघि देखि मृत्यु भएका आफन्तको सम्झनामा गाई सिंगारी सहर परिक्रमा गराउने क्रममा वसन्तपुर दरवार स्वायरमा आएका वालकहरुलाई विभिन्न खाने कुरा पैसा आदि दिदै एक महिला । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडाँै, १३ भदौ । काठमाडौँ उपत्यकामा आजदेखि गाईजात्रा पर्व सुरु भएको छ । गाईजात्राको पहिलो दिन आज बिहानदेखि काठमाडौँको हनुमानढोकामा गाईलाई सिँगारी बजार परिक्रमा गर्नेको भीड लागेको थियो ।
काठमाडौँका राजा प्रताप मल्लले सुरु गरेको यो जात्रामा एक वर्षभरि मृत्यु भएका आफन्तजनको सम्झनामा केटाकेटी र गाईलाई सिँगारी काठमाडौँको सहर घुमाइने गरिन्छ ।
मल्ल राजाको राजदरबार हनुमानढोकादेखि सुरु गरिने यो जात्रामा सहभागीहरु कुमारीको रथ तान्ने मार्ग भएर घुम्ने गर्छन् ।
काठमाडौँका ठाउँठाउँमा बाटामा उभिएका मृतकका आफन्तजन तथा श्रद्धालुहरुले पहेँलो वस्त्र लगाएका केटाकेटीलाई दूध, फलफूल, रोटीका साथै अन्य परिकार खुवाइरहेका थिए । यस पटक यसरी खाद्यवस्तु लिन खोज्नेमा साधु, जोगी र बरालिएर हिँड्ने बालबालिका अधिक रुपमा देखिन्थ्यो । कतिपयले बाजागाजासहित गाईजात्रा निकालेका थिए ।
हिन्दू संस्कारअनुसार भाद्र कृष्ण अष्टमीसम्म यो पर्व मनाउने गरिन्छ ।
राजा प्रताप मल्लको पुत्रको अल्पायुमै निधन भएपछि विक्षिप्त भएकी आफ्नी रानीलाई दुनियाँदारका थुप्रै आफन्तजनको पनि मृत्यु हुन्छ भनेर देखाउन गाईजात्रा निकाल्न लगाएको इतिहास छ ।
आजै हास्यव्यङ्ग्यका कार्यक्रम पनि गरिन्छ । नेवार समुदायका मानिस ‘बहि द्यः’ (दीपंकर बुद्ध) को दर्शन गर्न काठमाडौँका विहार विहार घुम्छन् । यो क्रम केही दिनसम्म जारी रहन्छ ।
फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो, १७ अझै बेपत्ता
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
पाँचथर समाज सेवा यूकेका अध्यक्ष नगेन्द्रराज नेम्वाङलाई पितृशोक
विमल गुरुङ कृति पुरस्कारका लागि कृति आह्वान