
गाईजात्रा पर्वको अवसरमा एक वर्ष अघि देखि मृत्यु भएका आफन्तको सम्झनामा गाई सिंगारी सहर परिक्रमा गराउने क्रममा वसन्तपुर दरवार स्वायरमा आएका वालकहरुलाई विभिन्न खाने कुरा पैसा आदि दिदै एक महिला । तस्बिर ः प्रदीपराज वन्त,रासस
काठमाडाँै, १३ भदौ । काठमाडौँ उपत्यकामा आजदेखि गाईजात्रा पर्व सुरु भएको छ । गाईजात्राको पहिलो दिन आज बिहानदेखि काठमाडौँको हनुमानढोकामा गाईलाई सिँगारी बजार परिक्रमा गर्नेको भीड लागेको थियो ।
काठमाडौँका राजा प्रताप मल्लले सुरु गरेको यो जात्रामा एक वर्षभरि मृत्यु भएका आफन्तजनको सम्झनामा केटाकेटी र गाईलाई सिँगारी काठमाडौँको सहर घुमाइने गरिन्छ ।
मल्ल राजाको राजदरबार हनुमानढोकादेखि सुरु गरिने यो जात्रामा सहभागीहरु कुमारीको रथ तान्ने मार्ग भएर घुम्ने गर्छन् ।
काठमाडौँका ठाउँठाउँमा बाटामा उभिएका मृतकका आफन्तजन तथा श्रद्धालुहरुले पहेँलो वस्त्र लगाएका केटाकेटीलाई दूध, फलफूल, रोटीका साथै अन्य परिकार खुवाइरहेका थिए । यस पटक यसरी खाद्यवस्तु लिन खोज्नेमा साधु, जोगी र बरालिएर हिँड्ने बालबालिका अधिक रुपमा देखिन्थ्यो । कतिपयले बाजागाजासहित गाईजात्रा निकालेका थिए ।
हिन्दू संस्कारअनुसार भाद्र कृष्ण अष्टमीसम्म यो पर्व मनाउने गरिन्छ ।
राजा प्रताप मल्लको पुत्रको अल्पायुमै निधन भएपछि विक्षिप्त भएकी आफ्नी रानीलाई दुनियाँदारका थुप्रै आफन्तजनको पनि मृत्यु हुन्छ भनेर देखाउन गाईजात्रा निकाल्न लगाएको इतिहास छ ।
आजै हास्यव्यङ्ग्यका कार्यक्रम पनि गरिन्छ । नेवार समुदायका मानिस ‘बहि द्यः’ (दीपंकर बुद्ध) को दर्शन गर्न काठमाडौँका विहार विहार घुम्छन् । यो क्रम केही दिनसम्म जारी रहन्छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा