लन्डन । होचो कद तर मन फराकिलो भएका एकजना लन्डनवासी गुल्मेली यहांको नेपाली समुदायमा अहिले निशुल्क वित्तिय परामर्श बांड्दै हिंडिरहेका छन् । बेलायतमा नेपाली जनसंख्या वृद्धिसंगै घर खरिदले तीव्रता पाइरहंदा ‘इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर’ मिन दर्लामी परामर्शमा लागेका हुन् ।
‘बेलायतका नेपालीमा वित्तिय सेवाबारे कम ज्ञान भएको पाएं’, दर्लामी भन्छन्, ‘नेपालीमा जनचेतना जगाउनु मेरो अहिलेको प्रमुख उद्देश्य छ ।’
घर खरिद विक्रीमा सल्लाह दिने नेपाली मोर्गेज एड्भाइजर त यहां धेरै छन् । तर, फाइनान्सियल कन्डक्ट अथोरिटी (एफसीए) बाट लाइसेन्स लिएर इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर हुने दर्लामी बेलायतमा सम्भवतः पहिलो नेपाली हुन् । उनको कार्यक्षेत्र इन्सुरेन्स्, मोर्गेज, पेन्सन, स्टेट प्लानिङ, इन्भेस्टमेन्ट आदि छन् । दर्लामीले उल्लेखित क्षेत्रमा ‘सेसन’ नै राखेर परामर्श दिइरहेको बताए ।
एक्सेस् फाइनान्सियल सर्भिसेस् कम्पनीमार्फत विगत ४ वर्ष देखि मोर्गेज, लाइफ, होम इन्सुरेन्स, इन्कम प्रोटेक्सन आदिका लागि काम गर्दै आएका दर्लामी महिना दिन अघि इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर भएसंगै उनको जिम्मेवारी अरु फराकिलो भएको छ ।
उनले निशुल्क परामर्शमा घर किन्ने प्रक्रिया, आवश्यक कागजात, लोकेशन, सोलिसिटर, स्टेट एजेन्टसंग लियाजो, मुल्य निर्धारण, लाइफ, होम इन्सुरेन्स आदिबारे निशुल्क परामर्श दिने गरेका छन् । ‘घर खरिद भनेको जिन्दगीभरको लगानी खन्याउनु हो’, दर्लामी सुझाउंछन्, ‘यस्तो महत्वपूर्ण कुरामा लजाएर वा धेरै माग गर्दा घर नपाइने हो कि भनेर असंख्य नेपाली जायज कुरा समेत भन्न हिच्किचाउने गरेका भेटेको छु । मेरो उद्देश्य त्यो संकुचन हटाउनु छ ।’
इन्डिपेन्डेन्ट फाइनान्सियल एड्भाइजर बन्न त्यति सजिलो छैन् बेलायतमा । ९ महिने डिप्लोमा इन फाइनान्सियल एड्भाइस कोर्स उत्तिर्ण गरेपछि फेरि ६ देखि ९ महिना क्वालिफाइड एड्भाइजरको निगरानीमा रहेर काम गर्न आवश्यक छ । सुपरभाइजरले कम्पिटेन्सी सर्टिफिकेट दिएपछि एफसीएमा बल्ल दर्ता हुनुपर्ने प्रावधान छ । क्रेडिट हिस्ट्री गए गुज्रेको, अपराध, कानुनी झमेलामा छ भने यो जिम्मेवारी लिन नसकिने दर्लामी बताउंछन् ।
नेपलिज टुरिजम मार्केटिङमा विद्यावारिधी गर्न सन् २००२ मा बेलायत छिरेका दर्लामीले शुरुताका अध्ययनभन्दा अध्यापनमा समय दिए । नेपालमा अंग्रेजी साहित्यमा स्नातकोत्तर, स्वीट्जरल्याण्डबाट टुरिजममा पोष्ट ग्रयाजुएट र साइप्रसबाट एमबीए गरेपछि उनलाई अध्यापनमा राम्रै जम्ने आत्मविश्वास थियो । सन् २००३, नोभेम्बरदेखि ब्रिटानिया कलेज अफ एक्सिलेन्स्मा पढाउंदै गर्दा आफैं कलेज सञ्चालन गर्न कस्सिए उनी । सन् २००६ देखि करिब ५ वर्ष लन्डन थेम्स् कलेज चलाए साझेदारीमा । कलेज विक्रीपछि भने सन् २०१२ देखि आफ्नो रुचीको वित्तिय क्षेत्रमा समर्पित भएका हुन् दर्लामी । इकान्तिपुर
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी