लन्डन । लन्डनस्थित नेपाली दूतावासले स्थायी आवासीय अधिकार (पिआर) लिएका कोही निजामति कर्मचारी भए दूतावासमा विवरण पेश गर्न अनुरोध गरेको छ ।
आज शुक्रबार एक सूचना जारी गर्दै दूतावासले सामान्य प्रशासन मन्त्रालयको निर्देशन बमोजिम पिआरधारी कर्मचारीलाई विवरण पेश गर्न भनेको हो । नेपाल राजपत्रमा प्रकाशित निजामती सेवा (चौथो संशोधन) ऐन, २०७२ खण्ड ६५, को प्रावधान बमोजिम २०७३ असार २९ देखि लागू हुने गरि निजामति कर्मचारीलाई विदेशको स्थायी आवासीय अधिकार लिन रोक लगाएको छ । त्यस्तो अधिकार लिने कर्मचारीले कि जागिर वा पिआर त्याग्नुपर्ने प्रावधान छ ।
दूतावासको सूचना
२०७३ असार २९ देखि लागू हुने गरि सोही मितिको नेपाल राजपत्रमा प्रकाशित निजामती सेवा (चौथो संशोधन) ऐन, २०७२ खण्ड ६५, को प्रावधान बमोजिम निजामति कर्मचारीलाई स्थायी आवासीय अनुमति नलिन एवं सोको लागि आवेदन नदिन तथा यो कानुनी व्यवस्था लागू हुनुअघि स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमतिका लागि आवेदन दिएको भए ऐनमा तोकिएको मितिभित्र विवरण पेश गर्न, गराउन र कानुन विपरित कसैले त्यस्तो कार्य गरेको भए सोको जानकारी गराउनु हुन भनि श्री सामान्य प्रशासन मन्त्रालयबाट लेखी आएको हुंदा सातदिनभित्र यस दूतावासमा विवरण पेश गर्न अनुरोध गरिन्छ ।
नेपाली राजदूतावास
लन्डन
२०७२, ०४, ११
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा