गोरखा । गोरखाका भूकम्पपीडितका लागि विभिन्न सङ्घसंस्थाले जिल्लामा ल्याएका औषधिको म्याद गुर्जेको भेटिएको छ ।
जीवन जल,घाउमा लगाउने बेटाजिन सोलुसन,एमोक्सिलिन इन्टिवायोटिक,मेट्रोडाजोन र नसा र स्नायु रोगसम्बन्धी औषधिको म्याद सकिएको हो । टेन्टभित्र भण्डारण गरिराखेको सात सय प्याकेट औषधिको म्याद दुई महिनाअघि नै सकिएको हो । एक महिना म्याद बाँकी भएका औषधि भूकम्पपीडितका लागि प्रयोग गर्न वैशाखमा जिल्ला भित्र्याइएको थियो ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले म्याद गुर्जेका औषधि टेन्टभित्र भण्डारण गरिराखेको हो । ती औषधि नष्ट गर्न समस्या भएको रेडक्रसका जिल्ला सभापति यदुविलास भट्टराईले बताए । पहिले निर्माण व्यवसायी सङ्घको हलमा भण्डारण गरेको औषधि अहिले टेन्टभित्र राखिएको हो । कारितास नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई सङ्घले हल भाडामा दिएपछि रेडक्रसले टेन्टभित्र औषधि राखेको छ ।
“अधिकांश औषधिको म्याद सकिएको छ” सभापति भट्टराईले भने – “म्याद सकिएका सबै औषधि अब नष्ट गरिन्छ ।” पटना रेडक्रसले पर्सा रेडक्रससँग समन्वय गरी गोरखामा औषधि ल्याएको थियो । प्रयोगविहीन भएपछि ती औषधि सडेको हो । म्याद सकिनै लागेका औषधि आएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले वैशाख दोस्रो साता औषधि नझार्न रेडक्रसलाई सुझाव दिएको थियो । तर, रेडक्रसले औषधि झारेर भण्डारण गरेको थियो ।
“कुनै औषधि एक महिना, कुनै दुई महिना, कुनै तीन महिनामात्रै म्याद बाँकी रहेको थियो” जनस्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले भने – “म्याद सकिन लागेका औषधि नष्ट गर्नमात्रै हैरानी हुन्छ भनेर हामीले लिएनौँ । रेडक्रसले भण्डारण गरेछ ।” म्याद सकिएका ती औषधि कहाँ नष्ट गर्ने, कसरी गर्ने ? भन्नेबारे तनाव भएको उनको भनाइ छ ।
जिल्ला दैवी प्रकोप उद्धार समिति गोरखाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले सडेका औषधि नष्ट गरिने बताए । “औषधि नष्ट गर्नुपर्ने छ” उनले भन्नुभयो– “कसले, कहिले, कसरी नष्ट गर्नेभन्नेबारे हामी टुङ्गो लगाउँछौँ ।”
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
नेपाल सरकारले तत्काल राजदूत नियुक्त गर्दैन : मन्त्री खरेल
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ