लण्डन । नेपालका भुकम्प पीडितको सहयोगार्थ लण्डनमा हुन लागेको च्यारिटी कार्यक्रममा भाग लिन अभिनेत्री मनिषा कोइराला युके अाउने भएकी छिन् ।
लण्डनस्थित नेपाली कलाकारहरुको संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युके र थर्ड आइ नामक इभेन्ट आयोजकको संयुक्त आयोजनामा जुलाई २२ तारिखका दिन सो कार्यक्रम हुँदैछ ।
क्लेअोभन अल्पर्टनमा हुने सो कार्यक्रमबाट उठेको राशी नेपालका भुकम्प पीडितलाई जाने आयोजकहरुले बताएका छन् ।
समाजका अध्यक्ष सनमकुमार बैरागले कार्यक्रममा वलिउडकी प्रख्यात अभिनेत्री कोइरालाको सहभागिता रहने निश्चित गरे । उनले आफ्ना साथीसँगी र परिवारलाई पनि कार्यक्रममा ल्याउन अपील गरेका छन् ।
नेपालको विशिष्ट राजनीतिक कोइराला परिवारमा जन्मिएकी मनिषा कोइरालाले नेपालबाट अभिनयमा हात हाली वलिउडमा दर्जनौँ चलचित्रमा अभिनय गरेकी छिन् ।
अमेरिकामा क्यान्सरको उपचार गरेर आएपछि उनी पुन अभिनयमा फर्किने तरखर गर्दैछिन् ।
संयुक्त राष्ट्र संघले उनलाई गुडविल एम्बासेडर बनाएको छ भने नेपाल सरकारले भुकम्प पुननिर्माणमा सहयोग जुटाउन दुत नियुक्त गरेको छ ।
मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
बेलायती र क्यानडाका नागरिकका लागि चीनले निःशुल्क भिसा नीति लागू गर्ने
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका