
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले आफ्ना स्वयंसेवकहरूका लागि एकदिने भ्रमण कार्यक्रम आयोजना गरेको छ । गत आइतबार (२८ जुन) इङ्गल्यान्डको डर्डल डोरमा आयोजित भ्रमणमा करिब ५८ जनाको सहभागिता रहेको थियो ।
प्राकृतिक चुनढुंगे समुद्री चट्टनी प्रवेशद्वारका रूपमा परिचित डर्डल डोर आफ्नो मनोरम प्राकृतिक सौन्दर्य तथा भूगर्भीय महत्त्वका कारण विश्वप्रसिद्ध पर्यटकीय गन्तव्य हो । बीसीसी यूकेले हरेक वर्ष स्वयंसेवकहरूको सम्मानस्वरूप आयोजना गर्दै आएको एकदिने भ्रमण कार्यक्रमअन्तर्गत यस वर्ष उक्त स्थलको भ्रमण गरिएको संस्थाले जनाएको छ ।
बीसीसी यूकेका वरिष्ठ उपाध्यक्ष रोबिन गुरुङको संयोजकत्वमा सम्पन्न भ्रमणका क्रममा बौद्ध धर्ममा विशेष महत्व राख्ने च्योद् साधना पनि सामूहिक रूपमा सम्पन्न गरिएको थियो । बीसीसी यूके च्योद् साधना संयोजक तथा पूर्वअध्यक्ष लेफ्टिनेन्ट नारायणप्रसाद गुरुङ र सहसंयोजक एवं बीसीसी यूके आमा उपाध्यक्ष दुर्गा लक्ष्मी गुरुङको विशेष व्यवस्थापनमा उक्त साधना सम्पन्न भएको हो ।

उक्त भ्रमणको यातायात व्यवस्थापन बीसीसी यूकेका प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङले गरेका थिए भने खानपान व्यवस्थापन बीसीसी यूके आमा प्रमुख शारदा गुरुङको नेतृत्वमा गरिएको थियो ।
भ्रमणमा बीसीसी यूकेको विशेष निमन्त्रणामा बेलायत आएका दोर्जिन निमा लुङ्गरिक रिन्पोछे, बीसीसी गुम्बाका खेन्पो वाङ्गचुक र खेन्पो यन्तेनको सहभागिता रहेको थियो । साथै बीसीसी यूकेका अध्यक्ष आङ्दावा शेर्पा, संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ तथा पूर्व आमा प्रमुखहरू पुष्पा गुरुङ, उर्मिला गुरुङ र जगना गुरुङलगायत संस्थाका पदाधिकारी, सदस्य र स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

उक्त भ्रमणको अवसरमा आमा प्रमुख शारदा गुरुङले गुरुहरुलगायत सम्पूर्ण सहभागीलाई धन्यवाद दिएकी थिइन् । बीसीसी यूकेले यस्ता भ्रमण तथा आध्यात्मिक कार्यक्रममार्फत सदस्यहरूबीच आपसी सद्भाव, सहकार्य र साँस्कृतिक तथा धार्मिक मूल्य–मान्यताको संरक्षणमा योगदान पुर्याउँदै आएको जनाएको छ ।
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल,अमेरिका शाखाको अध्यक्षमा उदय भट्टराई
विश्वकप फुटबलः फ्रान्सद्वारा स्विडेन पराजित
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै