
फोक्सटोन । फर्स्ट रोयल गोर्खा राइफल्स (वन आरजीआर)ले शनिबार सर जोन मूर ब्यारेक्समा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ३२औँ वार्षिकोत्सव (जन्मदिन) मनाएको छ। समारोहमा मेजर जनरल जी.एम. स्ट्रिकल्याण्ड (कोलोनेल कमान्डर, ब्रिगेड अफ गोर्खाज), ब्रिगेडियर डेभिड प्याक (कर्णेल, आरजीआर), कर्णेल डेभिड रोबिन्सन (कर्णेल, ब्रिगेड अफ गोर्खाज)लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
यस वर्षको प्रतिष्ठित ‘किङ्ग्स खुकुरी’ डब्लुओटु दिलकुमार तामाङले प्राप्त गरे। त्यसैगरी, यस वर्षको ‘रोयल अनर्स लिस्ट’ (शाही सम्मान सूच) मा पर्न सफल भएका कर्णेल डेभिड रोबिन्सन ओबीइ र आरजीआर ब्रुनाईका पण्डित भीष्म निरौला, एमबीइ, लाई सो अवसरमा विशेष सम्मान गरिएको थियो।
ब्रिटिस गोर्खा ब्यान्डले ‘स्कटल्याण्ड द ब्रेभ/हाइल्याण्ड ल्याडी’, ‘मिस्ट कभर्ड माउन्टेन’ र नेपाली गीत ‘मोहनी लाग्ला है’ लगायतका धुनहरू बजाएका थिए। उनीहरूले रेजिमेन्टल मार्च पनि प्रस्तुत गरे।

प्रतियोगितातर्फ छेलो खेलमा ‘सी कम्पनी’ का लान्स कर्पोरल शेर थापा र डोरी तान्ने प्रतियोगितामा ‘ए कम्पनी’ विजयी हुँदै पुरस्कार हात पार्न सफल भए। महिलातर्फ रोजिका गुरुङ र उपविजेता गङ्गा थापाले पनि पुरस्कार जिते।
‘दाजुभाइ ब्यान्ड’ का सदस्यहरूले ‘रेशम फिरिरी,’ ‘उडायो रेलैले’ जस्ता लोकप्रिय नेपाली गीतहरू गाउँदै गोर्खा सैनिक, उनीहरूका परिवार र अतिथिहरूलाई नचाएका थिए। वार्षिकोत्सव समारोहको अवसरमा ए स्टार मोर्गेजेज लगायतका कम्पनीले आफ्ना उत्पादन तथा सेवाहरूको प्रदर्शन समेत गरेका थिए।
“हामी १ रोयल गोर्खा राइफल्सलाई जन्म दिनको बधाई दिन र बेलायत तथा नेपालबीचको सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदानको कदर गर्न यहाँ भेला भएका हौँ,” ए स्टार मोर्गेजेजका मोर्गेज तथा प्रोटेक्शन सल्लाहकार रमेश सरांगकोटीले भने।
सन् १९९४ मा रोयल गोर्खा राइफल्समा भर्ना भएका मेजर बबिन्द्र गुरुङले भने, “हामी मुख्य रूपमा सैन्य परिचालन सेवाका लागि समर्पित संगठन हौँ। तर, हामी आफ्ना सदस्यहरू र तिनका आफन्तहरूको कल्याण र हेरचाह गर्ने एउटा ठूलो विस्तारित परिवार पनि हौँ ।”
१ जुलाई १९९४ मा तत्कालीन चारवटा गोर्खा राइफल रेजिमेन्टहरू (2 GR, 6 GR, 7 GR र 10 GR) गाभिएर एउटै रेजिमेन्टको रूपमा ‘द रोयल गोर्खा राइफल्स’ को स्थापना भएको हो। रोयल गोर्खा राइफल्सलाई सैन्य व्यावसायिकतामा विश्वकै उत्कृष्टमध्येका एक रेजिमेन्ट मानिन्छ। तन्दुरुस्त, उत्साही र प्रतिबद्ध अधिकृत तथा सैनिकहरू सम्मिलित यो रेजिमेन्ट आफ्नो विश्वप्रसिद्ध कार्यकुशलताका लागि पनि चिनिएको छ।

तस्बिर सौजन्य : बीएफबीएस गोर्खा रेडियो
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता [अपडेट]
इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
बेलायतको आशफोर्डमा ‘हेल्थ एण्ड वेल बिइंग डे’ भव्य रुपमा सम्पन्न
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ