पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसटस्थित म्युनिसिपल पार्कमा मंगलबार दुई पूर्व गोर्खा वृद्ध र एक वृद्धामाथि आक्रमण भएको छ ।

पार्कमा बसिरहेका वृद्धवृद्धामाथि स्थानीय गोरो वर्णका एक व्यक्तिले गालीगलौज र हातपात गरेका ग्रेटर रसमूर नेपाली कम्युनिटीका उपाध्यक्ष डा विशाल गुरुङले दिएको जानकारी गराउनुभएको छ । आक्रमणकारीले वृद्धवृद्धाहरुलाई ‘तिमीहरु किन यहाँ बसिरहेको ? आफ्नै देश देश फर्किएर जाउ’ भन्नेजस्ता अपमानजनक व्यवहार देखाएका थिए ।ती व्यक्तिले उनीहरुलाई धकेल्दै हातपातसम्मै गरेका भिडियो सार्वजनिक भएको छ ।

घटनाका प्रत्यक्षदर्शी दुई नेपाली युवा, युवतीले बचाउको कोसिस गर्दा उनीहरुमाथि नै आक्रमणकारी जाइलागेका थिए । उक्त घटनाबारे स्थानीय प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

तमु धीं यूकेका महासचिव एवं राजनीतिकर्मी डा विशाल गुरुङले घटनाबारे स्थानीय काउन्सिल र काउन्सिलरहरुलाई पनि खबर गरिएको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री