
लन्डन । भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच आज (८ जुन)मा उच्चस्तरीय वार्ता हुँदैछ ।
लन्डनस्थित नेपाली दूतावासमा विशेष बैठकको आयोजना गरिएको बेलायतका लागि नेपाली दूतावासका कार्यवाहक राजदूत विपिन दुवाडीले जानकारी गराउनुभएको छ । दिउँसो २:०० बजेदेखि ३:३० बजेसम्म चल्ने बैठकमा बेलायतका रक्षामन्त्री एवं सांसद जोन हेली, भेटेरान्स तथा नागरिक मामिलामन्त्री एवं सांसद लुइस स्यान्डर जोन्स भौतिक रूपमा उपस्थित हुने छन् ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल काठमाडौंबाट भर्चुअल माध्यम (अनलाइन) बाट जोडिने कावा राजदूत दुवाडीले जानकारी दिनुभयो । बैठकमा ‘जी १०’ का सदस्यहरूलाई समेत डाकिएको छ ।
दुई देशबीचको आपसी सम्बन्ध र रक्षा लगायतका आपसी चासोका विषयहरू, भूपू गोर्खाहरूको मागको सम्बन्धमा महत्त्वपूर्ण छलफल हुने दूतावास स्रोतले जनाएको छ ।
बैठकमा तोकिएको समयभन्दा अगावै अर्थात् दिउँसो १:४० बजेभित्र नै दूतावासमा उपस्थित भइसक्न अनुरोध गरिएको छ ।
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित