
लन्डन – बेलायतको आशफोर्डमा यही ७ जुन २०२६ आइतबार हुन लागेको ‘गोर्खा वाक’को तयारी पूरा भएको आयोजक गोर्खा पिस फाउन्डेशनले जनाएको छ ।
१३ औं वार्षिक ‘गोर्खा वाक’को तयारी अन्तिम चरणमा पुगेको फाउन्डेशनका संस्थापक अध्यक्ष भीमराज तुम्वाहाम्फेले बताउनुभएको हो । आशफोर्डस्थित ग्रेट चार्ट प्लेइङ्ग फिल्ड्समा आयोजना गर्न लागिएको गोर्खा वाक (गोर्खा पदयात्रा)मा यो वर्ष झन्डै ३,००० जनाको सहभागिता हुने आयोजकको अपेक्षा छ ।
वीरता र साहसको सम्मान गर्दै ब्रिटिश सेनाले प्रदान गर्ने सर्वोच्च पदक ‘भिक्टोरिया क्रस’ प्राप्त १३ जना भूतपूर्व गोर्खा सैनिकहरुको सम्झनामा उक्त पदयात्रा आयोजना गरिंदै आएको अध्यक्ष तुम्वाहाम्फेले बताउनुभयो ।
‘हाम्रा नानी छोराछोरीले इतिहास बिर्संदै गए । त्यसैले इतिहासलाई जीवित राख्नु पर्छ भन्ने हिसाबले गोर्खा वाक गर्दै आएका छौं । यसबाट मानसिक र शारीरिक स्वास्थ्य लाभ त हुने नै भयो, यो कार्यक्रमबाट बेलायतमा बसोबास गरिरहेका नेपाली समुदाय र अन्य समुदायबीच समझदारी र सहकार्यमा मद्दत पुग्ने हाम्रो अपेक्षा छ,’ उहाँले भन्नुभयो ।
‘यस पटकको गोर्खा वाकमा नौमती बाजा, नेपालबाट आउने राष्ट्रिय कलाकारहरु साथै हट एयर बलुन शो पनि राखिएको छ । यस पटक हामीले गोर्खा वाकलाई मेलाकै रुपमा मनाउने तयारी गरिरहेका छौं,’ अध्यक्ष तुम्वाहाम्फेले भन्नुभयो । उहाँले भूतपूर्व गोर्खा सैनिक, तिनका परिवारलगायत सबै नेपाली समुदाय र नेपालका मित्रहरुलाई गोर्खा वाकमा सहभागी हुन आमन्त्रण पनि गर्नुभयो । उक्त अवसरमा विभिन्न जातिहरुको कला, संस्कार, संस्कृति देखाइनुका साथै स्कटल्यान्डबाट पनि बिग मोटरसाइकल राइडरहरू आउने आयोजकले जनाउनुभएको छ ।
गोर्खा वाकका विजेताका लागि रनिङ्ग शिल्डलगायत अन्य पुरस्कारको पनि व्यवस्था गरिएको छ। लन्डन र आशफोर्डमा कार्यालयहरु रहेको ए स्टार मोर्गेजेज उक्त पदयात्राको प्रमुख प्रायोजकको रुपमा रहेको छ।
ए स्टार फाइनान्सियल सलुशन्स तथा ए स्टार मोर्गेजेजका प्रबन्ध निर्देशक मिन दर्लामीले ‘गोर्खा वाक’लाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । ‘नेपाल तथा बेलायतबीच रहेको २०० वर्ष भन्दा लामो ऐतिहासिक सम्बन्ध र गोर्खालीहरुको योगदानको सम्झना चिरस्थायी गर्न युवा पुस्तालाई पनि सहभागी गराएर गरिने यस्ता कार्यक्रम उपलब्धिमूलक हुने हाम्रो विश्वास छ,’ उहाँले भन्नुभयो ।
बेलायतमा ७ जुनमा हुने ‘गोर्खा वाक’को तयारी अन्तिम चरणमा
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय