
अनिता राना मगरको स्थायी घर तनहुँ भानु नगरपालिकाको रानागाउँ हो । महिला सशक्तिकरण, समाज रुपान्तरण, भाषा संस्कृति संरक्षणमा आवाज उठाउने एक योद्धा हुन् अनिता । लामो समय सम्म मगर संघ युकेमा आबद्ध भएर समुदायको हक अधिकार र मौलिक संस्कृति संरक्षणमा कहिल्यै नथाक्ने उदहरणीय नारी हुन् । रानामगर संस्कृति त्यसमा पनि कौराहा भनेपछि जीवन नै समर्पण गरे । युकेमा कौराहामय बनाउन श्रीमान् कुमार राना मगर, छोरीहरु सम्झना र सविता रानामगरलाई कौराहा अभियानमा जोडिन् । युकेमा अनिताले कार्यक्रम उद्घोषकको भूमिका, श्रीमान् कुमारले कौराहा गित गाउँदै खैजेडीको ताल मिलाउदा दुवै छोरीहरु नाँचेर साथ दिए । तनहुँ माटोले जन्मेकाले होला अनिता रानामगरको सबै परिवारमा कौराहाको विशेष लगाव देखिन्छ ।जसले प्रदेशी भूमि युकेमा हरेक कार्यक्रममा मौलिक कौराहा प्रर्दशन गरेर मगर समुदाय र तनहुँ जिल्लालाई उच्च स्थानमा पुर्याउने काम समेत गरेका छन् । तनहुँ समाज युके देखि नेपाली मेला सम्म मौलिक कौराहा प्रर्दशन गरेर संस्कृति संरक्षणमा ठूलो योगदानमा उनै अनितालाई श्रेय जान्छ ।त्यसैले युकेमा अनिता रानालाई कौराहा बहिनीको उपनामले बोलाउन थालिएको हो ।

समुदायको हक अधिकार, संस्कृति संरक्षणमा मात्र सीमित भइनन् उनी । आर्थिक समृद्धिका लागि व्यवसायमा समेत लागेकी एक मगर महिला हुन् । युकेमा परिश्रम गरेर आर्जन गरेको रकम नेपालमा लगानीसमेत गरेकी छिन् । मातृभूमि र संस्कृति प्रेमले उनले नेपालमा लगानी भित्र्याउने मगर महिला हुन् । लाकुरी भञ्ज्याङ रिसोर्ट प्रालिका अध्यक्ष भएर पर्यटन व्यवसायमा अगाडि बढेकी छिन् ।
पत्रकार प्रताप रानाको सहयोगमा
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल