
काठमाडौँ । पहिचान पुरस्कार कोषले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’ प्रदान गरेको छ ।
शनिबार काठमाडौंमा एक समारोहबीच साहित्यकार काइँलालाई उक्त सम्मान प्रदान गरिएको हो ।
यस्तै, ‘पहिचान युवा सम्मान’ भने कवि गणेशकुमार राई (गीलु रातोस) लाई दिइएको छ । काइँला मुन्धुमविद् पनि हुनुहुन्छ भने राई कविता लेखनमा सक्रिय हुनुहुन्छ । काइँलालाई ५ लाख २ हजार २ रुपैयाँ र ताम्रपत्र तथा राईलाई ५० हजार २ सय २ सहित ताम्रपत्र प्रदान गरिएको छ ।
कोषका संस्थापक नरेश काङमाङ राईले सम्मानित काइँला र पुरस्कृत राईलाई बधाई दिँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनुभएको छ । कोषले हरेक वर्ष पुरस्कार र सम्मान दिँदै आएको छ ।

क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
दक्षिण कोरियाको राजधानी सियोलमा मनाइयो सगरमाथा दिवस
२०८३/८४ को बजेट स्वागतयोग्य, प्रभावकारी कार्यान्वयन गर्न आवश्यक : एनआरएनए
नेपाल सरकारले ल्यायो आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
बेलायतमा २४ औं गोर्खा कपको उपाधि राङभाङ समाज यूकेले जित्यो
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
नेपाल मगर संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा रक्षाबहादुर रैका
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा