
लन्डन । नेकपा एमालेनिकट प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतले नेपालका नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापनपत्र पठाएको छ ।
मंगलबार दिउँसो अध्यक्ष पशुपति पोखरेलको नेतृत्वमा नेपाली दूतावास लन्डन पुगेर कार्यवाहक राजदूत विपिन दुवाडीमार्फत ९ बुँदे ज्ञापन बुझाइएको हो । झण्डै दुई तिहाई बहुमतसहित प्रधानमन्त्रीमा निर्वाचित भएकोमा प्रधानमन्त्री शाहलाई बधाई दिँदै नेपाली जनताको अपेक्षाअनुरुप देशलाई स्थायित्व, सुशासन तथा समृद्धिको मार्गमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ।
मञ्चले एमाले अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलगायतका राजनीतिक व्यक्तिहरूलाई पूर्वाग्रही रूपमा गिरफ्तार गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ। साथै, जाँचबुझ आयोगको प्रतिवेदन निष्पक्ष नभएको र यसले संविधानको मर्मलाई कुल्चिएको दाबी गर्दै सामाजिक सञ्जालमा बढ्दै गएको अमर्यादित र असभ्य अभिव्यक्तिलाई नियन्त्रण गर्न समेत सरकारको ध्यानाकर्षण गराइएको छ।
ज्ञापनपत्र बुझ्दै कार्यवाहक राजदूत दुवाडीले यथाशक्य चाँडो सम्बन्धित निकायसम्म पुर्याइदिने आश्वासन दिएको मञ्च अध्यक्ष पोखरेलले जानकारी दिनुभएको छ ।


बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता