
काठमाडौं । नेपाली लोकसङ्गीतमा मौलिक स्वाद र सांस्कृतिक सम्मिश्रण प्रस्तुत गर्दै आएका गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ गीत बजारमा आएको छ ।
मगर र गुरुङ समुदायको सांस्कृतिक मिठासलाई एउटै कथामा समेटिएको उहाँको नयाँ गीत वसन्त लम्साल ‘युट्युब’बाट सार्वजनिक भएको छ । यस गीतमा मनोरञ्जनसँगै सामाजिक सन्देशलाई पनि प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ । गीतमा विश्वास नेपालको सङ्गीत संयोजन, लम्सालसँगै सपना गाहा र सम्झना रणपालको स्वर रहेको छ ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकमा जन्मिएका वसन्त लम्सालले यसअघि सार्वजनिक गरिएको मगर्नीको तीनपाने भाग १ ले पाँच ‘मिलियन’भन्दा बढी ‘भ्युज’ प्राप्त गरेको थियो । मगर समुदायको तीनपाने र गुरुङ समुदायको तुम्बा संस्कृतिलाई कलात्मक ढङ्गले एकीकृत गर्दै प्रस्तुत गर्नुभएको छ ।
लम्सालले १५० भन्दा बढी गीतमा स्वर दिइसक्नुभएको छ ।
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
यी हुन् प्रतिनिधिसभा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको नाम [सूची]
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ : डा. केसी