नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन काठमाडौँमा सुरु

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा बिहीबारदेखि सुरु भएको छ ।

‘प्राकृतिक श्रोत जल, जमिन र जङ्गलमाथी जनजातिको अधिकार सुनिश्नित गर ! प्राचिन सभ्याता र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशहरुको पुन: नामाङ्कन गर’ भन्ने नाराका साथ महासंघको महाधिवेशन सुरु भएको हो ।ने पाल प्रज्ञा प्रतिष्ठान कमलादीमा महाधिवेशन बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले उद्घाटन गर्नुभयो ।

उद्घाटनअघि महासंघ सम्बद्ध विभिन्न जातीय संस्थाले झाँकी र्‍यालीको आयोजना गरिएको हो । भृकुटी मण्डपबाट सुरु भएको झाँकी र्‍याली सहिद गेट, रत्नपार्क हुँदै कर्यक्रमस्थलमा सरिक भएको थियो । बिहीबार उद्घाटन सत्र र शुक्रबार बन्दसत्र हुनेछ ।

महाधिवेसनमा ५६ जातीय घटक संस्था, सम्बन्धन संगठन, प्रवास संगठन तथा प्रदेश र जिल्ला समन्वय परिषद्बाट ५०० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने महासचिव दिवस राईले जानकारी दिनुभयो ।

भोलि स्वयम्भूस्थित स्टार ब्यांक्वेटमा हुने महाधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नेछ । २०४७ सालमा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ नेपालका आदिवासी जनजातिहरूको छाता संगठन हो । यसमा नेपालका सुचीकृत आदिवासी जनजातिका संघसंस्थाहरु आबद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री