
लन्डन । नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने भएको छ ।
अध्यक्ष विमला सेनेको अध्यक्षतामा मंगलबार, १७ मार्च २०२६ मा जुममार्फत बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले पत्रकारिताको व्यावसायिकता प्रवर्द्धन र संस्थागत विकासमा सघाउ पुर्याउने उद्देश्यले आगामी अप्रिलमा नेपाल पत्रकार महासंघ केन्द्रका पदाधिकारीहरूलाई आमन्त्रण गरी विशेष प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको एफएनजे यूकेका केन्द्रीय प्रतिनिधि चिम्खोले काइँलाले जानकारी गराउनुभएको छ ।
बैठकले वेल्समा स्थापित सामाजिक संस्थाहरूसँग अन्तरक्रिया र पत्रकारिता तालिम सञ्चालन गर्ने, त्यसलाई बर्मिङ्घम, मिडल्याण्ड र स्कटल्याण्डमा समेत विस्तार गर्ने लगायत निर्णय गरेको छ । बैठकले कार्यसमितिका सचिव विश्वास दीप तिगेला एनआरएनए आईसीसीको उपाध्यक्षमा र कार्यसमितिका सदस्य नगेन्द्रराज नेम्बाङ पाँचथर समाज सेवा यूकेको अध्यक्षमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेको छ ।
त्यस्तै एफएनजे यूकेले नेपाल पत्रकार महासंघ कन्चनपुर जिल्ला शाखा अध्यक्षसमेत रहेका पत्रकार सुरेश सिंह धामीको उपचारका लागि नेपाली रुपैयाँ ६५ हजार ५०० रुपैयाँ मंगलबार नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला आचार्यलाई हस्तान्तरण गरिएको बैठकमा महासचिव खेमराज रानाभाटले जानकारी गराउनुभयो ।
बैठकमा एफएनजे यूकेका अध्यक्ष बम थापा सूर्यवंशी, केन्द्रीय प्रतिनिधि चिम्खोले काइँला, वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत, उपाध्यक्ष प्रमिला लाबुङ राई, कोषाध्यक्ष एसके गुरुङ र कार्यसमिति सदस्यहरू मिलन तमु, नगेन्द्र नेम्वाङलगायतको सहभागिता थियो ।
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता