
काठमाडौँ, २१ असार । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले नयाँ आवदेखि काठमाडौँ उपत्यकामा प्लास्टिकको झोलाको प्रयोगलाई पुनः प्रतिबन्ध गर्ने भएको छ ।
गत वैशाख १ गतेदेखि उपत्यकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइएकामा वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनका कारण मन्त्रालयले निरीक्षण गर्न सकेको थिएन । नयाँ आवदेखि प्लास्टिकको झोला उत्पादक तथा प्रयोगकर्तालाई कडाइका साथ अनुगमन गरी प्रयोगमा प्रतिबन्ध लगाइने मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार थापाले जानकारी दिए ।
मन्त्रालयले अहिलेसम्म उपत्यकाका मुख्य बजार तथा प्लास्टिक उत्पादन गर्ने विभिन्न कम्पनीमा छापा मारी १४ क्विन्टल प्लास्टिक बरामद गरेको छ । मानव स्वास्थ्यमा हानि पुरयाउने विभिन्न किसिमका रसायनको मिश्रणबाट उत्पादन भएका प्लास्टिकको प्रयोगबाट उपत्यकाको वातावरणमा प्रतिकूल असर, नदीनाला फोहोर, ढल जाम तथा सहरको सौन्दर्यमा ह्रास आउँदै गएको छ ।
नयाँ आवदेखि कालीमाटी तरकारी बजारलगायत ठूलो परिमाणमा प्लास्टिक खपत हुने अन्य व्यापारिक केन्द्रमा कडाइका साथ अनुगमन गरी प्रयोगलाई निरुत्साहन गरिने वातावरणविद् डा जयराम अधिकारीले जानकारी दिए । उनका अनुसार उपत्यकाका प्रमुख ठूला पसलमा प्लास्टिकको झोलाको प्रयोगमा कमी आएको छ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित