
काठमाडौँ, २१ असार । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले नयाँ आवदेखि काठमाडौँ उपत्यकामा प्लास्टिकको झोलाको प्रयोगलाई पुनः प्रतिबन्ध गर्ने भएको छ ।
गत वैशाख १ गतेदेखि उपत्यकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइएकामा वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनका कारण मन्त्रालयले निरीक्षण गर्न सकेको थिएन । नयाँ आवदेखि प्लास्टिकको झोला उत्पादक तथा प्रयोगकर्तालाई कडाइका साथ अनुगमन गरी प्रयोगमा प्रतिबन्ध लगाइने मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार थापाले जानकारी दिए ।
मन्त्रालयले अहिलेसम्म उपत्यकाका मुख्य बजार तथा प्लास्टिक उत्पादन गर्ने विभिन्न कम्पनीमा छापा मारी १४ क्विन्टल प्लास्टिक बरामद गरेको छ । मानव स्वास्थ्यमा हानि पुरयाउने विभिन्न किसिमका रसायनको मिश्रणबाट उत्पादन भएका प्लास्टिकको प्रयोगबाट उपत्यकाको वातावरणमा प्रतिकूल असर, नदीनाला फोहोर, ढल जाम तथा सहरको सौन्दर्यमा ह्रास आउँदै गएको छ ।
नयाँ आवदेखि कालीमाटी तरकारी बजारलगायत ठूलो परिमाणमा प्लास्टिक खपत हुने अन्य व्यापारिक केन्द्रमा कडाइका साथ अनुगमन गरी प्रयोगलाई निरुत्साहन गरिने वातावरणविद् डा जयराम अधिकारीले जानकारी दिए । उनका अनुसार उपत्यकाका प्रमुख ठूला पसलमा प्लास्टिकको झोलाको प्रयोगमा कमी आएको छ ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान