
काठमाडौं । गायिका सुमिना लो तामाङलाई ‘योगिता मोक्तान प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ ।
नेपाल तामाङ कलाकार संघले शुक्रबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरेको ४० औं ऐतिहासिक तामाङ एल्बम दिवस तथा गायिका स्व. योगिता मोक्तानको १५ औं स्मृतिसभा एवं योगिता मोक्तान प्रतिभा पुरस्कार वितरण कार्यक्रममा गायिका लो लाई पुरस्कृत गरिएको हो । सुमिनालाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार प्रेम लोप्चन र संघका अध्यक्ष विशाल तामाङले पुरस्कार हस्तान्तरण गर्नुभयो । पुरस्कारमा २० हजार राशि र सम्मान पत्र रहेको छ ।
कार्यक्रममा तामाङ गीतको एल्बम निकालेर तामाङ गीत संगीतमा योगदान गर्ने अग्रज स्रष्टा एवं तामाङ गीतका अभियन्तालाई पनि सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा वरिष्ठ अग्रज गायक तथा संगीतकार तिर्थ मोक्तान, अग्रज गायक तथा संगीतकार कृष्णबहादुर तामाङ, अग्रज म्हेन्दोमाया गायक तथा संगीतकार सागर एस वाइबा हुनुहुन्छ ।

कार्यक्रममा तामाङ समुदायका अग्रज स्रष्टाहरु , देश तथा विदेशका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु , तामाङ कलाकारहरु, तामाङ गीत संगीतका साथै तामाङ कलाकार र शुभचिन्तकलगायतको उपस्थिति थियो ।
तामाङ भाषा, संस्कार संस्कृति, तामाङ सेलो गीत संगीतका साथै तामाङ स्रष्टाहरुको सम्मान अनि नवकलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल तामाङ कलाकार संघ वि सं. २०६३ सालमा स्थापना भएको हो ।

एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने