
ढाका । बङ्गलादेशको अदालतले भ्रष्टाचारको आरोपमा बेलायतका पूर्वमन्त्री तथा लन्डनका सांसद ट्यूलिप सिद्दिकको गिरफ्तारीका लागि इन्टरपोललाई रेड नोटिस जारी गर्न अधिकारीहरूलाई आदेश दिएको छ ।
अदालतले निजी अचल सम्पत्ति परियोजनामा सिद्दिकले आफ्नो शक्तिशाली राजनीतिक सम्बन्धको दुरुपयोग गरी जग्गा प्रदान गरेको आरोपको मामिलामा भ्रष्टाचार विरोधी आयोगको याचिकालाई स्वीकार गर्दै आदेश जारी गरेको थियो । सिद्दिकलाई पहिले नै बङ्गलादेशमा अन्य तीन भ्रष्टाचार मामिलामा छ वर्षको जेल सजाय सुनाइएको थियो ।
सिद्दिकले आफू विरुद्धका आरोपहरू अस्वीकार गर्दै फैसलाहरूलाई ‘पूर्ण प्रहसन’ भन्नुभएको छ र आफ्नो ब्रिटिस नागरिकताका कारण बङ्गलादेशी कानूनी प्रणालीले उहाँलाई प्रभावकारी ढङ्गले कारबाही गर्न सक्दैन भन्ने तर्क प्रस्तुत गर्नुभएको छ ।
भ्रष्टाचार विरोधी आयोगले सिद्दिकले पूर्वप्रधानमन्त्री शेख हसिनासँगको सम्बन्धलाई प्रयोग गरी ढाकाको उच्च स्तरको गुलसन क्षेत्रमा निजी कम्पनीलाई जग्गा उपलब्ध गराउने प्रक्रियामा हस्तक्षेप गरेको बताएको छ ।
अदालतको आदेश ढाका मेट्रोपोलिटन वरिष्ठ विशेष न्यायाधीश मोहम्मद सब्बीर फैजले भ्रष्टाचार आयोगको याचिकाको आधारमा बिहीबार जारी गर्नुभएको थियो । आयोगका सहायक निर्देशक एकेएम मुर्तुजा अली सागरले सिद्दिकको गिरफ्तारी सहज बनाउन इन्टरपोलमार्फत रेड नोटिसको माग गर्नुभएको थियो ।
सिद्दिकले गत वर्ष बेलायती क्याबिनेटमा मन्त्रीको रूपमा राजीनामा दिनुभएको थियो । उहाँमाथि उहाँले आफ्नो राजनीतिक सम्बन्ध र पदको दुरुपयोग गरी बङ्गलादेशमा भ्रष्टाचारमा संलग्नता देखाएको आरोप छ । अदालतको आदेशपछि हालसम्म सिद्दिकबाट कुनै प्रतिक्रिया आएको छैन ।
एनआरएनए रुसद्वारा नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने