
लन्डन । नेपाली तथा बेलायती व्यवसायीहरुको संस्था ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी)मा नयाँ नेतृत्व चयन गरिएको छ ।
नेपाली दूतावास लन्डनमा शुक्रबार सम्पन्न बीएनसीसीको वार्षिक साधारणसभाले ट्राभल व्यवसायी विराज भट्टको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षद्वयमा इन्द्र गिरी र कमल पौडेललाई चुनेको छ भने सचिवमा राजेन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।
सदस्यहरुमा प्रभु न्यौपाने, कृष्ण भट्ट, सन्तोष मण्डल, नाडिया विलियम्स्, अन्जनी फुँयाल, प्रकाश ढुंगाना, अनिल न्यौपाने, दीपक श्रेष्ठ, मोसाद अन्जिज, वीपी खनाल, वसन्त नेपाल, विकास नेपाल र क्याम्पबेल मिचेल चुनिनु भएको छ । संस्थाको सीइयोको जिम्मेवारी स्टिभ बक्ले पाउनुभएको छ ।
बीएनसीसी संरक्षक कार्यवाहक राजदूत विपिन दुवाडीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा निवर्तमान कार्यसमितिको सफल कार्यकालप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष विराज भट्टले संस्थाले बेलायतमा रहेका नेपाली व्यवसायीहरुलाई थप समेट्दै नेपालमा लगानी वृद्धिका लागि निरन्तर पहल गर्ने बताउनुभयो । निवर्तमान अध्यक्ष डा. कपिल रिजालले एक अर्कामा सहयोग गर्नु महत्वपूर्ण भएकाले त्यसैका लागि बीएनसीसी गठन भएको उल्लेख गर्नुभयो
कार्यक्रमका सहभागीहरु वरिष्ठ पत्रकार भगिरथ योगी र मोर्गेज एड्भाइजर रमेश सराङकोटीले लन्डनबाट नेपाल सिधा हवाइ उडानका लागि सांसद ग्यारेथ थोमसले इपिटिसन शुरु गरिसकेको अवस्थामा बीएनसीसीको सहयोगबारे धारणा राख्नुभएको थियो । जवाफमा कार्यवाहक राजदूत विपिन दुवाडीले सिधा उडानका लागि नेपाल सरकारले पहल जारी राखेको बताउनुभएको थियो ।
चार्टर्ड अकाउन्टेन्ट तथा व्यवसायी एलएन पाण्डेले ईयूले नेपालको आकाशलाई अझै ब्ल्याक लिष्टमा राखेकाले सिधा हवाइ उडानमा प्राविधिक समस्या परेको बताएउनुभयो ।
कार्यक्रममा बीएनसीसीका संस्थापक सदस्य महन्त श्रेष्ठ, अनररी अध्यक्ष आदम गिलक्रिष्ट, व्यवसायी राज पाण्डे, अन्जनी फुँयाल, बासु लामिछाने लगायतले विभिन्न जिज्ञासा राख्नुभएको थियो ।
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन