
लन्डन । नेपाली तथा बेलायती व्यवसायीहरुको संस्था ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बीएनसीसी)मा नयाँ नेतृत्व चयन गरिएको छ ।
नेपाली दूतावास लन्डनमा शुक्रबार सम्पन्न बीएनसीसीको वार्षिक साधारणसभाले ट्राभल व्यवसायी विराज भट्टको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षद्वयमा इन्द्र गिरी र कमल पौडेललाई चुनेको छ भने सचिवमा राजेन्द्र श्रेष्ठ चयन हुनुभएको छ ।
सदस्यहरुमा प्रभु न्यौपाने, कृष्ण भट्ट, सन्तोष मण्डल, नाडिया विलियम्स्, अन्जनी फुँयाल, प्रकाश ढुंगाना, अनिल न्यौपाने, दीपक श्रेष्ठ, मोसाद अन्जिज, वीपी खनाल, वसन्त नेपाल, विकास नेपाल र क्याम्पबेल मिचेल चुनिनु भएको छ । संस्थाको सीइयोको जिम्मेवारी स्टिभ बक्ले पाउनुभएको छ ।
बीएनसीसी संरक्षक कार्यवाहक राजदूत विपिन दुवाडीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा निवर्तमान कार्यसमितिको सफल कार्यकालप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
नवनिर्वाचित अध्यक्ष विराज भट्टले संस्थाले बेलायतमा रहेका नेपाली व्यवसायीहरुलाई थप समेट्दै नेपालमा लगानी वृद्धिका लागि निरन्तर पहल गर्ने बताउनुभयो । निवर्तमान अध्यक्ष डा. कपिल रिजालले एक अर्कामा सहयोग गर्नु महत्वपूर्ण भएकाले त्यसैका लागि बीएनसीसी गठन भएको उल्लेख गर्नुभयो
कार्यक्रमका सहभागीहरु वरिष्ठ पत्रकार भगिरथ योगी र मोर्गेज एड्भाइजर रमेश सराङकोटीले लन्डनबाट नेपाल सिधा हवाइ उडानका लागि सांसद ग्यारेथ थोमसले इपिटिसन शुरु गरिसकेको अवस्थामा बीएनसीसीको सहयोगबारे धारणा राख्नुभएको थियो । जवाफमा कार्यवाहक राजदूत विपिन दुवाडीले सिधा उडानका लागि नेपाल सरकारले पहल जारी राखेको बताउनुभएको थियो ।
चार्टर्ड अकाउन्टेन्ट तथा व्यवसायी एलएन पाण्डेले ईयूले नेपालको आकाशलाई अझै ब्ल्याक लिष्टमा राखेकाले सिधा हवाइ उडानमा प्राविधिक समस्या परेको बताएउनुभयो ।
कार्यक्रममा बीएनसीसीका संस्थापक सदस्य महन्त श्रेष्ठ, अनररी अध्यक्ष आदम गिलक्रिष्ट, व्यवसायी राज पाण्डे, अन्जनी फुँयाल, बासु लामिछाने लगायतले विभिन्न जिज्ञासा राख्नुभएको थियो ।
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न